बेपत्ता दुई पुरुष अझै भेटिएनन्, खोजीमा कुकुर परिचालन « Khabarhub

बेपत्ता दुई पुरुष अझै भेटिएनन्, खोजीमा कुकुर परिचालन


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- बागलुङका दुई पुरुषको स्थिति धेरै दिनदेखि अज्ञात छ ।

गलकोट नगरपालिका–६ कायसका क्षेत्रबहादुर बुढाथोकी गत बिहीबारदेखि र बागलुङ नगरपालिका–१ रामरेखाका सोमबहादुर सुनार १७ दिनदेखि बेपत्ता छन् ।

घाँस काट्न जाँदा बेखबर भएका ७० वर्षीय बुढाथोकीको खोजीमा तालिमप्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिए पनि अवस्था पत्ता लाग्न सकेको छैन ।

प्रदेश प्रहरी मातहत रहेको कुकुर शाखाबाट दुई तालिमप्राप्त कुकुरसहित प्रहरी खोजीकाममा जुटेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

घरदेखि २० मिनेटको दूरीमा रहेको खरबारीमा घाँस काट्न गएका बुढाथोकी अबेरसम्म घर नफर्केपछि परिवार, स्थानीयवासी र प्रहरी मिलेर तत्कालै खोजीमा लागेका थिए ।

चार दिन बित्दासमेत उनी नभेटिएपछि प्रदेश मुकामबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली झिकाएर परिचालन गरिएको हो । बुढाथोकी हराएको ठाउँमा नाम्लो, डोरी र काटेको घाँस भने भेटिएको थियो ।

यस्तै नियमित प्रातःकालीन भ्रमण (मर्निङवाक) मा निस्किएका ४६ वर्षीय सुनार गत जेठ २९ गतदेखि बेपत्ता छन् । परिवारजनका अनुसार रामरेखाबाट मालढुङ्गा जाने क्रममा उनी हराएका हुन् ।

सुनारले सधैँ सोही मार्गमा ‘मर्निङवाक’ गर्ने गरेको आफन्त पर्ने भाइ सज्जनकुमार सिंहले बताए । “दाइ लामो समयसम्म घर नफर्केपछि धेरैतिर खोजी गरियो, स्याङ्जासम्म पुग्यौँ, अझै केही पत्ता लाग्न सकेको छैन”, उनले भने ।

परिवारजनको निवेदनपछि जिल्ला प्रहरी कार्यालयले पनि बेपत्ता सुनारको खोजपडताल जारी राखेको छ । यतिका दिनसम्म उहाँ नभेटिँदा परिवारका सदस्य चिन्तामा छन् । म्याग्दीको बेनी नगरपालिका–१ अर्जमका स्थायी बासिन्दा सुनार लामो समयदेखि बागलुङमा बस्दै आएका छन् ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  १० : ३० बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको