फिल्मका लागि पढाई छोड्ने यी कलाकार « Khabarhub

फिल्मका लागि पढाई छोड्ने यी कलाकार


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– विश्वमा फिल्मी करियर एक फरक जीवनशैली बनिसकेको छ । हरेक जोकोही यो उद्योगको हिस्सा बन्न चाहन्छन् । कलाकारको जीवनशैली र उनीहरुले आत्मविश्वासका साथ अंग्रेजी बोल्दा उनीहरुको पढाई राम्रै होला भन्ने फ्यानहरुले सोच्ने गर्दछन् । बलिउडमा यस्ता केही कलाकार छन् । जसले आफ्नो फिल्मी करियरका लागि पढाई नै छोडिदिए ।

अभिनेता इरफान खानका छोरा बाबिल खान बलिउडमा भर्खर पाइला चाल्दैछन् । समाचारअनुसार उनले फिल्मी अभिनयका लागि आफ्नो पढाईलाई बीचमै छाडेका छन् । बलिउडमा बाबिलमात्र एक्ला कलाकार होइनन्, जसले फिल्मकै लागि पढाई छोडे ।

दिवंगत अभिनेता सुशान्तसिंह राजपुत दिल्ली टेक्निकल युनिभर्सिटीका छात्र थिए । उनी यहाँ इञ्जिनियरिङ पढिरहेका थिए । यद्यपि सुशान्त अभिनयका लागि यति गम्भीर भए कि उनले पढाई पुरा नगरी मुम्बई गए ।

अभिनेता आमिर खान सुरुदेखि नै फिल्ममा करियर बनाउन चाहन्थे । उनले मात्र १२ कक्षा पढेका छन् । त्यसपछि उनले पढाईलाई छाडेर करियरलाई फोकस गर्न थाले ।

अभिनेत्री आलिया भट्टले पनि धेरै पढेकी छैनन् । आलियाको सुन्दरता र उनको प्रतिभाका कारण कैयौं निर्माताहरुको नजरमा उनी परिसकेकी छन् । जसकारण उनलाई कैयौं फिल्मको अफर मिलिसकेको छ । उनले पनि १२ कक्षा पछि अभिनयमै पूर्ण रुपमा सक्रियता बढाइन् ।

अभिनेत्री कंगना रनावतले आफू कहिल्यै कलेज नगएको खुलासा गरेकी थिइन् । उनले परिवारको चाहनाविरुद्ध पढाई छोडेर आफूलाई बलिउडमा स्थापित गराइन् ।

फिल्मी पृष्ठभूमिका अभिनेता रणवीर कपूर पनि बाल्यकालदेखि नै आमाबाबुको जस्तै फिल्ममा नै जाने इच्छा राखेका थिए । त्यो इच्छालाई पुरा गर्न उनले पढाईतिर ध्यान दिएनन् ।

अभिनेता सलमान खानले पनि कलेजको पढाईलाई बीचमै छोड्दै आफूलाई अभिनयमा डोहो¥याए । यद्यपि उनलाई फिल्ममा आउन कुनै समस्या भएन किनकी उनका पिता सलीम खान फिल्ममा ठूला नाम थिए ।

बलिउडका ‘खेलाडी कुमार’का रुपमा परिचित अक्षय कुमारको फिल्ममा कुनै नाता थिएन । उनले आफ्नै मेहनतले बलिउडमा स्थान बनाए । यो मेहनत गर्नका लागि उनले पनि पढाईलाई छोडे ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ३ : २५ बजे

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ

आठ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौँ सडक

काठमाडौँ– पृथ्वीराजमार्ग अन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाइएपछि नारायणगढ–काठमाडौँ

दाजुभाइको दीर्घायुको कामना गर्दै रानाथारू महिलाले मनाए तीज

कञ्चनपुर– छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले

नाइमा मोबिलिटी एक्स्पोको आज सकिँदै

काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज

मिथिलामा झुलनोत्सव सुरु

महोत्तरी– मधेसको महोत्तरीसहितका मिथिला क्षेत्रमा विष्णु लक्ष्मी भक्तिका गीत गुञ्जन