गर्भवती पहिरन बेच्दै अनुष्का « Khabarhub

गर्भवती पहिरन बेच्दै अनुष्का


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेत्री अनुष्का शर्मा हालका दिनमा पति विराट कोहली र छोरी वामिकाका साथ इंग्ल्याण्डमा छिन् । इंग्ल्याण्डबाट उनले नयाँ घोषणा गरेकी छन् ।

अनुष्का गर्भवती हुँदा उनको पहिरन र लुक्स चर्चाको विषय बनेको थियो । यिनै पहिरनलाई अनुष्काले बेच्ने निर्णय लिएकी छन् । उनले मातृ स्वास्थ्यका लागि निर्णय लिएको बताएकी छन् । अनुष्काको पर्यावरण प्रेम निकै गहिरो छ । उनी प्रायः पर्यावरणलाई सुरक्षित राख्न अपिल गरिरहन्छिन् । यसबाहेक उनी अधिकांश समय पर्यावरणको बीचमा बिताउन चाहन्छिन् ।

अनुष्का अनलाइन प्लेटफर्ममा एक सेलका माध्यमबाट आफ्नो मेटरनिटी पीसलाई बेच्ने तयारीमा छिन् । यो सेलमा जम्मा हुने रकम अनुष्का स्नेहा नामको एक फाउण्डेसनका माध्यमबाट मातृ स्वास्थ्यमा खर्च गर्नेछिन् ।

अनुष्काले जुन पहिरन सार्वजनिक गरेकी छन्, त्यो पहिरनले २ दशमलब ५ लाख लिटर बढी पानी बचाउन योगदान दिने बताइएको छ । अनुष्काले आफू गर्भवती हुँदा नै यो अवधारणा दिमागमा आएको खुलाएकी छन् ।

‘मेरो गर्भावस्थाको समयमा मलाई लाग्यो कि हाम्रो जीवनको यो चरण सर्कुलर इकोनोमीमा सहभागिता जनाउन उपयुक्त छ । त्यसकारण मलाई आशा छ कि हामी यो परिस्थितिको तन्त्रलाई एकसाथ सुरु गर्न सक्छौं’, अनुष्काले भनेकी छन् ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ३ : ४५ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको