गर्भवती पहिरन बेच्दै अनुष्का « Khabarhub

गर्भवती पहिरन बेच्दै अनुष्का


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेत्री अनुष्का शर्मा हालका दिनमा पति विराट कोहली र छोरी वामिकाका साथ इंग्ल्याण्डमा छिन् । इंग्ल्याण्डबाट उनले नयाँ घोषणा गरेकी छन् ।

अनुष्का गर्भवती हुँदा उनको पहिरन र लुक्स चर्चाको विषय बनेको थियो । यिनै पहिरनलाई अनुष्काले बेच्ने निर्णय लिएकी छन् । उनले मातृ स्वास्थ्यका लागि निर्णय लिएको बताएकी छन् । अनुष्काको पर्यावरण प्रेम निकै गहिरो छ । उनी प्रायः पर्यावरणलाई सुरक्षित राख्न अपिल गरिरहन्छिन् । यसबाहेक उनी अधिकांश समय पर्यावरणको बीचमा बिताउन चाहन्छिन् ।

अनुष्का अनलाइन प्लेटफर्ममा एक सेलका माध्यमबाट आफ्नो मेटरनिटी पीसलाई बेच्ने तयारीमा छिन् । यो सेलमा जम्मा हुने रकम अनुष्का स्नेहा नामको एक फाउण्डेसनका माध्यमबाट मातृ स्वास्थ्यमा खर्च गर्नेछिन् ।

अनुष्काले जुन पहिरन सार्वजनिक गरेकी छन्, त्यो पहिरनले २ दशमलब ५ लाख लिटर बढी पानी बचाउन योगदान दिने बताइएको छ । अनुष्काले आफू गर्भवती हुँदा नै यो अवधारणा दिमागमा आएको खुलाएकी छन् ।

‘मेरो गर्भावस्थाको समयमा मलाई लाग्यो कि हाम्रो जीवनको यो चरण सर्कुलर इकोनोमीमा सहभागिता जनाउन उपयुक्त छ । त्यसकारण मलाई आशा छ कि हामी यो परिस्थितिको तन्त्रलाई एकसाथ सुरु गर्न सक्छौं’, अनुष्काले भनेकी छन् ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ३ : ४५ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित