एसईई परीक्षाको नतिजा यथाशीघ्र प्रकाशन गर्न विद्यार्थी संगठनको माग « Khabarhub

एसईई परीक्षाको नतिजा यथाशीघ्र प्रकाशन गर्न विद्यार्थी संगठनको माग


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभिन्न पाँच विद्यार्थी संगठनहरुले माध्यमिक शिक्षा परीक्षाको नतिजा यथाशीघ्र प्रकाशन गर्न माग गरेको छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेललाई मंगलबार पत्र बुझाउँदै विद्यार्थी संगठनहरुले विभिन्न दश बुँदे माग राखेका हुन् । संगठनले एसईई नजिता पारदर्शी, विश्वसनीय र मर्यादित बनाउन उपयुक्त विधि अबलम्बन गर्न पनि माग गरेका छन् ।

विद्यार्थीको नामथर, जन्म मिति आदिमा देखिने प्राविधिक त्रुटीका कारण विद्यार्थीहरुले नतिजामा वारम्बार समस्या झेल्नुपरेकाले यस्ता समस्या नहुने गरी बोर्डको सिस्टम अपडेट गर्नुपर्ने उनीहरुको माग रहेको छ ।

त्यस्तै ग्रेड वृद्धि गर्न चाहने विद्यार्थीहरुले पूरा गर्नुपर्ने झन्झटिला प्रावधानलाई सरल र सहज बनाउनु पर्ने उनीहरुले माग राखेका छन् ।

कक्षा ११ र १२ को परीक्षाको हकमा विद्यार्थीहरु परीक्षा दिनबाट वञ्चित नुहुने गरी प्रवन्ध मिलाउन र भौतिक उपस्थितिमा गरिने परीक्षाको तालिका वा विकल्पबारे विद्यार्थीलाई समयमै जानकारी दिन पनि संगठनले बोर्डलाई माग राखेको छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  १० : ०१ बजे

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न