एमालेलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने स्थायी कमिटी बैठकको निर्णय « Khabarhub

एमालेलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने स्थायी कमिटी बैठकको निर्णय


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेकपा एमालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने निर्णय गरेको छ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टीलाई २०७५ जेठ २ गते फर्काउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।  बैठकले आगामी बिहीबार एकतापूर्वको केन्द्रीय कमिटी बैठकसमेत बोलाउने निर्णय गरेको प्रवक्ता ज्ञवालीको भनाइ छ ।

माधव नेपाल समूहले माओवादी केन्द्रसँगको एकतापूर्वको अवस्थामा फर्काउनुपर्ने अडान राखेको थियो । सर्वोच्च अदालतले पनि महाधिवेशन आयोजक कमिटीको वैधानिकतामा प्रश्न उठाएपछि पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निर्णय भएको हो ।

यसबारे भोलि बोलाइएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले निर्णय गर्ने एक नेताले बताए ।

‘सर्वोच्च अदालतका आदेशहरु, संसद विघटनका मुद्दा र पार्टीको विवादलाई एकतावद्ध बनाउन भइरहेको सन्दर्भमा पार्टी एकताको सन्दर्भमा महत्वपूर्ण निर्णय हुन्छ’ उनले भने ।

सर्वोच्च अदालतको २३ फागुनको आदेशले पुनर्स्थापित एमालेका अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा आफू पक्षीय नेताहरुको बैठक राखेर नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु हटाउने, दशौं महाधिवेशन आयोजक कमिटी बनाउने लगायतका निर्णय गरेका थिए ।

बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल,महासचिव ईश्वर पोखरेल ,प्रदिप कुमार ज्ञवाली,राम बहादुर थापा ,नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ केशव बडाल,पृथ्वीसुब्बा गुरुङ ,टोपबहादुर रायमाझी ,बिष्णु रिमाल लगायतको उपस्थिति रहेको थियो ।

बैठकले  भोलि बस्ने राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले कमिटीलाई केन्द्रिय कमिटीमा रूपान्तर गर्ने र यही १८ गते बस्ने केन्द्रिय कमिटीको बैठकले नेकपा एमाले भित्र भएको बिबादलाई समाधान गर्ने लगायतका निर्णय गरेको हो ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  १० : ३१ बजे

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न