सत्तारूढ गठबन्धनको बैठक आज पनि, मन्त्रालय बाडफाँडमा सहमति जुटाउने तयारी « Khabarhub

सत्तारूढ गठबन्धनको बैठक आज पनि, मन्त्रालय बाडफाँडमा सहमति जुटाउने तयारी


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सत्तारूढ गठबन्धनको बैठक आज पनि बस्दैछ ।

बैठक बिहान साढे ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

आजको बैठकमा मन्त्रिपरिषद विस्तारअघि मन्त्रालय बाडफाँडमा शीर्ष नेताहरुले सहमति जुटाउने तयारी गरेका छन् । यसअघि बुधबार भएको बैठकले मन्त्रालय बाडफाँडको जिम्मा टुंग्याउन शीर्ष नेतालाई दिने निर्णय भएको थियो ।

बैठकमा गठबन्धनको न्यूनतम साझा कार्यक्रमका बारेमा पनि छलफलको तयारी भएको छ । आजको बैठकले मन्त्रालय बाडफाँड टुंग्याए शुक्रबार नै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ ।

हाल देउवा सरकारमा चार मन्त्री र एक राज्यमन्त्री मात्रै छन् । महामारी बढीरहेका बेला स्वास्थ्य, परराष्ट्रलगायतका महत्वपूर्ण मन्त्रालय खाली छन् । सरकार गठन भएको दुई साता हुँदा पनि गठबन्धनमा सहमति नजुट्दा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छ । तर एमालेको नेपाल समूह र जनमोर्चा तत्काल सरकारमा नजाने भएपछि देउवा नेतृत्वको यो सरकारमा कांग्रेस, माओवादी र जसपा मात्रै हुने भएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ७ : २५ बजे

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भए मुद्दा हाल्नू, कठघरामा उभिन तयार छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका