काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ।
केन्द्रीय प्रहरी समाचार कक्षकाअनुसार विपद्बाट बागलुङमा १२, म्याग्दीमा सात, पाल्पामा पाँच, मनाङमा चार, धनुषा, मकवानपुर, धादिङ, काभ्रे, रोल्पा, डोल्पा र रुकुम पश्चिममा एक/एक जनाको मृत्यु भएको छ।
विपद्का घटनामा १५ जना घाइते भएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।














प्रतिक्रिया