महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा « Khabarhub

महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक पर्व इन्द्रजात्रा मङ्गलबार ‘नानिचाः याः’ अन्तर्गत महिलाहरूले मात्र जीवित देवी श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथ तानेसँगै विधिवत् रूपमा सम्पन्न भएको छ।

जात्राको अन्तिम दिन वसन्तपुरबाट शुरु भएको रथयात्रा नरदेवी, भेडासिङ, किलागल, इन्द्रचोक र मखन हुँदै पुनः वसन्तपुर पुर्‍याइएको थियो।

राणाकालमा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले किलागल टोलमा बस्ने आफ्नी प्रेमिका ‘नानिचा’को इच्छाबमोजिम उनको टोलबाट पनि रथयात्रा अवलोकन गराउन तेस्रो दिनको जात्रा थप गरेको इतिहास छ।

तिनै नानिचाको नामबाट शुरु भएको यो जात्रा पछिल्ला वर्षहरूमा भने महिला सशक्तीकरण र लैंगिक समानताको विशिष्ट मञ्चमा रूपान्तरण भएको छ।

वि.सं. २०६९ सालयता सामुदायिक छलफलमार्फत नानिचाको दिन महिलाले मात्र रथ तान्ने परम्परा छ। मङ्गलबार परम्परागत नेवारी पहिरन हाकुपटासीमा सजिएका सयौँ महिला तथा युवतीले सामूहिक रूपमा रथ तानेका थिए।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ९ : १७ बजे

भारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित 

नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै

इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयार

वासिङ्टनडीसी (रासस/एएनआई)। इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे अमेरिकी राष्ट्रपति

स्पेसएक्सको क्रु-१३ मिसन : अक्टोबर १ मा अन्तरिक्ष स्टेशनतर्फ उडान भर्ने

काठमाडौं । नासा र स्पेसएक्सले अक्टोबर १ बिहीबारका दिन क्रु-१३

ससुराको हत्या आरोपमा बुहारी पक्राउ

सुर्खेत । जाजरकोटमा ७५ वर्षीय ससुराको हत्या गरेको आरोपमा बुहारी

यशा सागर बनिन् एनपीएलको तेस्रो सिजनको होस्ट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि