महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा « Khabarhub

महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक पर्व इन्द्रजात्रा मङ्गलबार ‘नानिचाः याः’ अन्तर्गत महिलाहरूले मात्र जीवित देवी श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथ तानेसँगै विधिवत् रूपमा सम्पन्न भएको छ।

जात्राको अन्तिम दिन वसन्तपुरबाट शुरु भएको रथयात्रा नरदेवी, भेडासिङ, किलागल, इन्द्रचोक र मखन हुँदै पुनः वसन्तपुर पुर्‍याइएको थियो।

राणाकालमा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले किलागल टोलमा बस्ने आफ्नी प्रेमिका ‘नानिचा’को इच्छाबमोजिम उनको टोलबाट पनि रथयात्रा अवलोकन गराउन तेस्रो दिनको जात्रा थप गरेको इतिहास छ।

तिनै नानिचाको नामबाट शुरु भएको यो जात्रा पछिल्ला वर्षहरूमा भने महिला सशक्तीकरण र लैंगिक समानताको विशिष्ट मञ्चमा रूपान्तरण भएको छ।

वि.सं. २०६९ सालयता सामुदायिक छलफलमार्फत नानिचाको दिन महिलाले मात्र रथ तान्ने परम्परा छ। मङ्गलबार परम्परागत नेवारी पहिरन हाकुपटासीमा सजिएका सयौँ महिला तथा युवतीले सामूहिक रूपमा रथ तानेका थिए।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ९ : १७ बजे

३६२ वर्ष पुरानो तान्त्रिक परम्परा: ललितपुरमा पाटनको अष्टमातृका नाच

ललितपुर – परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल कात्तिक ६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर