चिनियाँ विदेशमन्त्री वाङ र तालिबान नेता घानीबीच भेटवार्ता | Khabarhub Khabarhub

चिनियाँ विदेशमन्त्री वाङ र तालिबान नेता घानीबीच भेटवार्ता


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तालिबान नेता मुल्लाह अब्दुल घानीसहितको टोलीले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेको छ।

चीन पुगेको घानी नेतृत्वको टोलीले विदेशमन्त्री वाङसँग बुधबार चीनको उत्तरपूर्वी शहर तियान्जिनमा भेटेको हो ।

भेटका क्रममा विदेश मन्त्री यीले अफगानिस्तानको पुनर्संरचना र मेलमिलापमा तालिबानले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरेको सिन्ह्वाले जनाएको छ ।

चीनको राष्ट्रिय सुरक्षालाई प्रत्यक्ष खतरामा पार्न सक्ने इस्ट तुर्किस्तान इस्लामिक मुभमेन्टलाई नसघाउन पनि उनले तालिबानलाई आग्रह गरेका छन् । जवाफमा तालिबान नेताहरूले चीनलाई खतरा हुने कुनै कामका लागि अफगानिस्तानको भूमि प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरेको जनाइएको छ ।

अमेरिकी र नाटो सैनिक अफगानिस्तानबाट फर्किएलगत्तै तालिबानले  चीनसँग सम्बन्ध बढाउन खोज्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ११ : २५ बजे

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बिक्री आजदेखि खुला

काठमाडौं– नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आजदेखि

अलपत्र रहेको खानेपानी आयोजनाको काम पुनः सञ्चालन

सिरहा– लहान नगरपालिका–१६ स्थित तरेगणा गोविन्दपुरमा वर्षौंदेखि अलपत्र रहेको खानेपानी

देवघाट जाने झोलुङ्गे पुल मर्मत सुरु

तनहुँ– प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुल मर्मत सुरु गरिएको

हाडजोर्नीको समस्या छ ? यसरी खोज्नुस् निदान

काठमाडौं – चिसो मौसममा धेरै किसिमका शारीरिक समस्या प्राय मानिसमा

दुई अर्ब ९५ करोड बराबरको चिया निर्यात

झापा– मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१–८२ को छ