गठबन्धनमा आवद्ध शीर्ष नेताको छलफलअघि देउवा-दाहाल भेटवार्ता « Khabarhub

गठबन्धनमा आवद्ध शीर्ष नेताको छलफलअघि देउवा-दाहाल भेटवार्ता


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटवार्ता भएको छ ।

प्रधानमन्त्री देउवाको सचिवालयकाअनुसार गठबन्धनमा आवद्ध शीर्ष नेताको बैठकअघि देउवा-दाहालसहित कांग्रेस र माओवादीका शीर्ष नेताहरुबीच संयुक्त छलफल भएको हो ।

छलफलमा एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनर्मोर्चा सरकारमा सहभागी नहुने भएपछि जसपासहित कसले कति मन्त्रालय लिएर मन्त्रिपरिषद् विस्तार गर्ने भन्ने विषयमा छलफल केन्द्रित भएको जनाइएको छ ।

यो छलफल लगत्तै गठबन्धनमा आवद्ध अरू दलका शीर्ष नेताहरुबीच पनि संयुक्त छलफल गरी आजै मन्त्रालय बाडफाँड र सरकारको न्यूनतम साझा कार्यक्रम टुंग्याएर शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको जनाइएको छ ।

हाल देउवा सरकारमा चार मन्त्री र एक राज्यमन्त्री मात्रै छन् । महामारी बढीरहेका बेला स्वास्थ्य, परराष्ट्रलगायतका महत्वपूर्ण मन्त्रालय खाली छन् । सरकार गठन भएको दुई साता हुँदा पनि गठबन्धनमा सहमति नजुट्दा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ९ : ४० बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग