मैलुङखोला जलविद्युतको आईपीओ बिक्री खुला « Khabarhub

मैलुङखोला जलविद्युतको आईपीओ बिक्री खुला


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मैलुङखोला जलविद्युत कम्पनी लिमिटेडले आज (साउन १४ गतेबाट) सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो ।

प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको छ ।

कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने १४ हजार ७ सय २६ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशतले हुन आउने ३६ हजार ८ सय १४ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

सर्वसाधारणले न्यूनतम १० र अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् ।

यो आईपीओमा छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । धितोपत्र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ११ : ५९ बजे

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु