थोरै विद्यार्थी भएका विद्यालय खुला गर्न सीसीएमसीमा छलफल, निर्णय भएन « Khabarhub

थोरै विद्यार्थी भएका विद्यालय खुला गर्न सीसीएमसीमा छलफल, निर्णय भएन


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बिहीबार भएको बैठकमा विद्यार्थी संख्या थोरै भएका विद्यालयमा भौतिक उपस्थितिमै पढाइ सञ्चालन गर्ने विषयमा छलफल भएको छ ।

यस्ता विद्यालय खोल्न छलफल भए पनि त्यसको आधिकारिक निर्णय नभएको सीसीएमसीका प्रवक्ता नूरहरि खतिवडाले बताए ।
उनका अनुसार बैठकमा अधिकांश विद्यालयहरूमा एक सय जनाभन्दा कम विद्यार्थी रहेकाले ठाउँ विषेशका आधारमा विद्यालय खोल्ने कि भन्ने विषयमा छलफल चलेको थियो ।

नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले आफूले बैठकमा १२ वर्ष उमेरभन्दा माथिका सबै विद्यार्थी र शिक्षक कर्मचारीलाई कोरोना विरुद्धको खोप लगाउनुपर्ने सुझाब दिएको बताए । कोरोना जोखिमको अवस्था हेरेर ठाउँ विषेशका आधारमा कम विद्यार्थी भएका विद्यालयमा भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न सकिने उनको भनाइ छ ।

सरकारले जारी गरेको वैकल्पिक माध्यमबाट नसमेटिएका विद्यार्थीलाई पढाइबाट बञ्चित गर्न नहुने उनको भनाइ छ ।

एक पक्षले परीक्षा सञ्चालन गर्नुपर्छ भन्दै दबाब दिने र अर्काे पक्षले परीक्षा सञ्चालन गर्दा कोरोना संक्रमण बढ्ने भएकाले गर्नु हुँदैन भनेकाले यसलाई सही निकास दिन जरुरी रहेको सीसीएमसीका संयोजक बालानन्द शर्माको भनाइ थियो ।

खबरहबसँग कुरा गर्दै भण्डरीले विद्यार्थीको संख्या कम भएका विद्यालयमा जनस्वास्थ्यका मापदण्ड पालना गरेर कक्षा सञ्चालन गर्ने कुरामा सबै सहमत रहेको बताए ।

विद्यार्थी संख्या कम भएका विद्यालय सञ्चालन गर्ने हकमा सोच्न सकिने बैठकमा सहभागी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले बताए ।

बैठकमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा. भोला थापा, प्याब्सनका सहअध्यक्ष डीके ढुङ्गाना लगायत शैक्षिक सरोकारवाला व्यक्तिहरूको सहभागिता थियो ।

१९ हजार विद्यालयमा सय जनाभन्दा थोरै विद्यार्थी

देशभर रहेका २७ हजार ८१३ सामुदायिक विद्यालयमध्ये १९ हजार भन्दा बढीमा विद्यालयमा एक सय जना भन्दा कम विद्यार्थीहरू रहेका छन् ।

शिक्षा मन्त्रालय अन्तर्गतका शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार एक सयभन्दा कम विद्यार्थी रहेका विद्यालयको संख्या १९ हजार ३१ रहेको छ । काठमाडौँ जिल्लामा मात्रै संख्या १६८ वटा विद्यालयमा सय जनाभन्दा कम विद्यार्थी छन् ।

काठमाडौँमा २५ जनासम्म विद्यार्थी भएका विद्यालय ३६ वटा, ५० जनासम्म विद्यार्थी भएको विद्यालय ४७ वटा र १०० जना विद्यार्थी भएका विद्यालय ८५ वटा छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ५ : २३ बजे

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया