थोरै विद्यार्थी भएका विद्यालय खुला गर्न सीसीएमसीमा छलफल, निर्णय भएन « Khabarhub

थोरै विद्यार्थी भएका विद्यालय खुला गर्न सीसीएमसीमा छलफल, निर्णय भएन


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बिहीबार भएको बैठकमा विद्यार्थी संख्या थोरै भएका विद्यालयमा भौतिक उपस्थितिमै पढाइ सञ्चालन गर्ने विषयमा छलफल भएको छ ।

यस्ता विद्यालय खोल्न छलफल भए पनि त्यसको आधिकारिक निर्णय नभएको सीसीएमसीका प्रवक्ता नूरहरि खतिवडाले बताए ।
उनका अनुसार बैठकमा अधिकांश विद्यालयहरूमा एक सय जनाभन्दा कम विद्यार्थी रहेकाले ठाउँ विषेशका आधारमा विद्यालय खोल्ने कि भन्ने विषयमा छलफल चलेको थियो ।

नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले आफूले बैठकमा १२ वर्ष उमेरभन्दा माथिका सबै विद्यार्थी र शिक्षक कर्मचारीलाई कोरोना विरुद्धको खोप लगाउनुपर्ने सुझाब दिएको बताए । कोरोना जोखिमको अवस्था हेरेर ठाउँ विषेशका आधारमा कम विद्यार्थी भएका विद्यालयमा भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न सकिने उनको भनाइ छ ।

सरकारले जारी गरेको वैकल्पिक माध्यमबाट नसमेटिएका विद्यार्थीलाई पढाइबाट बञ्चित गर्न नहुने उनको भनाइ छ ।

एक पक्षले परीक्षा सञ्चालन गर्नुपर्छ भन्दै दबाब दिने र अर्काे पक्षले परीक्षा सञ्चालन गर्दा कोरोना संक्रमण बढ्ने भएकाले गर्नु हुँदैन भनेकाले यसलाई सही निकास दिन जरुरी रहेको सीसीएमसीका संयोजक बालानन्द शर्माको भनाइ थियो ।

खबरहबसँग कुरा गर्दै भण्डरीले विद्यार्थीको संख्या कम भएका विद्यालयमा जनस्वास्थ्यका मापदण्ड पालना गरेर कक्षा सञ्चालन गर्ने कुरामा सबै सहमत रहेको बताए ।

विद्यार्थी संख्या कम भएका विद्यालय सञ्चालन गर्ने हकमा सोच्न सकिने बैठकमा सहभागी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले बताए ।

बैठकमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा. भोला थापा, प्याब्सनका सहअध्यक्ष डीके ढुङ्गाना लगायत शैक्षिक सरोकारवाला व्यक्तिहरूको सहभागिता थियो ।

१९ हजार विद्यालयमा सय जनाभन्दा थोरै विद्यार्थी

देशभर रहेका २७ हजार ८१३ सामुदायिक विद्यालयमध्ये १९ हजार भन्दा बढीमा विद्यालयमा एक सय जना भन्दा कम विद्यार्थीहरू रहेका छन् ।

शिक्षा मन्त्रालय अन्तर्गतका शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार एक सयभन्दा कम विद्यार्थी रहेका विद्यालयको संख्या १९ हजार ३१ रहेको छ । काठमाडौँ जिल्लामा मात्रै संख्या १६८ वटा विद्यालयमा सय जनाभन्दा कम विद्यार्थी छन् ।

काठमाडौँमा २५ जनासम्म विद्यार्थी भएका विद्यालय ३६ वटा, ५० जनासम्म विद्यार्थी भएको विद्यालय ४७ वटा र १०० जना विद्यार्थी भएका विद्यालय ८५ वटा छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ५ : २३ बजे

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौं– काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका

नेप्से परिसूचक ७ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको

माइतीघरमा श्रीमतीमाथि हातपात भयो, निष्पक्ष छानबिन होस्, नत्र प्रतिरोध गरिनेछ : महेश बस्नेत

काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतले आज माइतीघर मण्डलामा श्रीमती

शोभा र पत्नी अम्बिकाबीच कुटाकुटपछि महेश भन्छन् : माइती घरलाई चरित्र हत्या गर्ने ठाउँ बनाइयो

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेत र

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको छ