नेपालको चिया र कफी अब इजरायली बजारमा « Khabarhub

नेपालको चिया र कफी अब इजरायली बजारमा


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- इजरायलले नेपालबाट चिया, कफी, चामललगायतका खाद्यवस्तु लैजाने भएको छ ।

इजरायलले निर्यातयोग्य नेपाली वस्तु तथा उत्पादन आयात गर्न चाहने इजरायलीहरु खोजी गर्ने क्रममा केही आयातकर्ताहरुको पहिचान गरिएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

उनीहरुले हालै मात्र इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यसँग दूतावासमा भेटेर नेपालबाट चिया र कफीका साथै चामल, दलहन (मास, मुसुरो, चना, राज्मा, बकुल्ला, बोडीलगायतका गेडागुडी) आयात गर्ने बताएका छन् ।

यसैगरी उनीहरुले मसलाजन्य उत्पादनहरु (सुकमेल, अलैँची, दालचीनी, मरिच, टिमुर, अदुवा, आदि) आयात गर्ने ईच्छा देखाएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार उनीहरुको माग सम्बन्धमा नेपाल निर्यात व्यवसायी महासंघलाई जानकारी गराइएको छ । नेपाली वस्तु तथा उत्पादन इजरायलमा निर्यात गर्नु परे दूतावासमा सम्पर्क गर्न राजदूत शाक्यले आग्रह गरेकी छन् ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  १० : ५५ बजे

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो