मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालसँग छलफल « Khabarhub

मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालसँग छलफल


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका छन् । मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवाले आइतबार सत्तारुढ गठबन्धनका दलहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल भएको छ ।

सोमबारसम्म मन्त्रिपरिषद विस्तार गरिसक्ने देउवाको तयारी रहेको बालुवाटार निकट स्रोतले बताएको छ । सत्तारुढ गठबन्धन दलहरुबीच मन्त्रालयको संख्याबारे मोटामोटी सहमित भए पनि कुन मन्त्रालय भन्ने विषयमा भागबण्डा नमिलेकाले आइतबारको यो बैठकले मन्त्रालयसमेत टुंगो लगाउने जनाइएको छ । मन्त्रालयले टुंगो लागेपछि सोमबारसम्म मन्त्रिपरिषद् विस्तार हुनेछ । गठबन्धनबीच काँग्रेसबाट ७ , माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट ६–६ मन्त्री बनाउने टुंगो भएको छ ।

गत जेठ २९ मा प्रधानमन्त्री बनेका देउवाले हालसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । सत्ता सहयात्री माधवकुमार नेपालको समस्याका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो । अब माधवकुमार नेपालले एमालेले विभाजन गरेर एकीकृत समाजवादीको प्रमाण पत्रसमेत पाइसकेकाले मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री देउवा सक्रिए भएका हुन् ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  १२ : २३ बजे

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो