१४ जना जुवाडे रंगेहात पक्राउ « Khabarhub

१४ जना जुवाडे रंगेहात पक्राउ


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँमा तास खेलिरहेका ७ जना जुवाडे पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका ९ भगवती चोकमा डेरा गरी बस्ने सिन्धुपालचोक हेलम्बु गाउँपालिका १ घर भएका ३७ वर्षीय तेन्जिङ टासी लामाको कोठामा तास खेलिरहेको अवस्थामा लामा लगायत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख १ हजार ३ सय ९० रुपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो ।

यस्तै नवलपरासी (पूर्व), मध्यबिन्दु नगरपालिका १३ मैनाघाट बस्ने बल बहादुर सारुको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय डोल बहादुर सारु लगायत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बल बहादुर सारुको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५९ हजार ८ सय ९० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  १ : २० बजे

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो