काबुल विस्फोटपछि अमेरिकी सैनिकको भिडियोः हामीबाट केही गल्ति भयो « Khabarhub

काबुल विस्फोटपछि अमेरिकी सैनिकको भिडियोः हामीबाट केही गल्ति भयो


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– गत बिहीबार अफगानिस्तानको राजधानी काबुलस्थित काबुल अन्तर्राष्ट्रिय विमानस्लथमा भएको आत्मघाति बम आक्रमणमा १३ जना अमेरिकी सैनिकसहित कम्तिमा १७० जना मारिएपछि अमेरिकी सेना भित्रै असन्तुष्टि देखिएको छ । अफगानिस्तानमा खटिएका अमेरिकी सेनाको मरिन कप्र्सका एक कर्णेल स्टुअर्ट शेलरले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोस्ट गर्दै असन्तुष्टि जनाएका छन् । उनको यो भिडियो भाइरल बनेको छ ।

उनले काबुल आक्रमणमा मारिने मध्ये एकजना आफ्ना मित्र रहेकोसमेत बताएका छन् । उनले यो घटनाको जिम्मेवारी शीर्ष नेतृत्वले लिनुपर्ने बताएका छन् । तर, कसैले पनि जिम्मेवारी नलिएको भन्दै उनले असन्तुष्टि पोखेका छन् । उनले उद्धार गर्नुपर्ने सबैलाई अफगानिस्तानबाट बाहिर ननिकाल्दै अमेरिकी सेनाको नियन्त्रणमा रहेको बडगाम एयर बेस छाड्नु रणनीतिक रुपमा गल्ति रहेको बताएका छन् ।

उनले शीर्ष नेतृत्वबाट गल्ति भए पनि सो गल्तिको जिम्मेवारी लिन कोही तयार नभएको बताएका छन् । उनको यो भिडियो समाजिक सञ्जालमा भाइरल भएपछि अमेरिकी सेनाले उनीमाथि कारबाही गरेको बेलायती सञ्चार माध्यम डेली मेलले जनाएको छ । उनलाई जिम्मेवारीबाट मुक्त गरिएको जनाइएको छ ।

अमेरिकी सेना आफ्नो २० वर्ष लामो अफगानिस्तान मिसन समाप्त पार्दै फर्किएको छ । अमेरिकी सेना यही अगस्ट ३१ सम्म पूर्णरुपमा फर्किने छ । त्यसअघि नै बडगाम एयर बेस अमेरिकी सेनाले खाली गरेको थियो । अमेरिकी सेना फर्किन थालेपछि अफगानिस्तानमा तालिबानले कब्जा जमाएको छ । (एजेन्सी)

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  १ : ३७ बजे

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो