माधवकुमार नेपाल संसदीय दलको नेतामा सर्वसम्मत « Khabarhub

माधवकुमार नेपाल संसदीय दलको नेतामा सर्वसम्मत


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले विभाजन गरेर बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन् । आइतबार संसद भवनमा बसेको संसदीय दलको बैठकले नेपाललाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।

प्रतिनिधिसभामा सो दलका २२ जना सांसद छन् ।

यस्तै राष्ट्रियसभामा संसदीय दलको नेतामा बेदुराम भुसाल चयन भएका छन् । उनी पनि सर्वसम्मत नेता चयन भएका हुन् । राष्ट्रियसभामा ७ जना रहेका छन् ।

एमालेमा विद्रोह गर्दै नेता नेपालको अगुवाइमा नयाँ दल बनेको थियो । निर्वाचन आयोगले गत बुधबार सो नयाँ दललाई दल दर्ताको प्रमाण पत्र दिएको थियो । दलले वैधता पाएपछि सो दलले ५ सदस्यीय स्थायी कमिटी पनि गठन गरेको छ ।

एकीकृत समाजवादी पार्टीले देउवा सरकारमा जाने यसअघि नै निर्णयसमेत गरिसकेको छ । सोमबारसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  २ : १७ बजे

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो