१६ दिन लामो महालक्ष्मी व्रत चन्द्रमालाई अर्घ्यदान गरेसँगै समापन « Khabarhub

१६ दिन लामो महालक्ष्मी व्रत चन्द्रमालाई अर्घ्यदान गरेसँगै समापन


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिन लामो महालक्ष्मी व्रत मङ्गलबार राति चन्द्रमालाई अघ्र्यदान गरेसँगै समापन भएको छ ।

धनधान्यकी देवी महालक्ष्मीलाई प्रशन्न गराउने अवसरका रूपमा यस पर्वलाई लिइन्छ । भाद्र शुक्ल अष्टमीदेखि १६ दिन अर्थात् आश्विन कृष्ण अष्टमीसम्म विधिपूर्वक यो व्रत गरिन्छ । यस वर्ष भदौ २८ गते सोमबारदेखि सुरु भएको यो व्रत असोज १२ गते राति विधिपूर्वक समापन गरिएको हो । यो व्रतका क्रममा ब्रह्मचर्यमा रहनुपर्ने, भूमिमा सुतेर व्रत पूरा गर्नुपर्ने नियम छ ।

प्रत्येक दिन हविष्य भोजन अर्थात् एक छाक फलाहार र दिनमा एकपटक मात्र नुन खाएर महालक्ष्मी व्रत गरिन्छ । प्रत्येक दिन बेलुकी चन्द्रमालाई अघ्र्य दिइन्छ । यसरी व्रत गरेमा धन, सम्पत्ति, वैभव प्राप्त हुने विश्वास छ । यो व्रत विशेष गरेर नारीले गर्ने गरेका छन् । यो व्रतले घरमा महालक्ष्मीको बास भई दुःख दारिद्रय नाश भई सुख, शान्ति मिल्ने धार्मिक विश्वास छ ।

साक्षात् भगावन् शङ्करले यो व्रत विधि भगवती पार्वतीलाई बताएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले जानकारी दिए । यो व्रतका प्रभावले मृत्युपछि पनि दिव्यधाम प्राप्त हुने, अलक्ष्मी नाश हुने शास्त्रीय मान्यता छ ।

देवराज इन्द्रले समेत महालक्ष्मीको व्रत एवं पूजा आराधना गरी महालक्ष्मी अष्टकम् नामक स्तोत्रसमेत रचना गरेको महालक्ष्मी व्रत विधिमा उल्लेख गरिएको छ । बिहान, मध्याह्न र साँझसमेत तीनपटक महालक्ष्मी अष्टकम् पाठ गरेमा धनधान्य, सुख वैभव प्राप्त गर्नुका साथै शत्रुसमेत नाश हुने उनले बताए।

प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीदेखि आश्विन कृष्ण अष्टमीसम्म १६ दिन, आश्विन शुक्ल पूर्णिमा र कात्तिक कृष्ण आमावास्या गरी तीनपटक विशेषरूपमा महालक्ष्मीको पूजा आराधना गर्ने वैदिक परम्परा छ । आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्मको दुर्गा पक्षका क्रममा पनि महाकाली र महासरस्वतीसँगै महालक्ष्मीको पनि विशेष पूजा आराधना गरिन्छ । यो व्रत विधि पहिलेजस्तो प्रचलनमा नरहेकाले यसको संरक्षण गरिनुपर्ने धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतम बताउँछन् ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ७ : ३६ बजे

नेपाली सेनाको हरिहरपुरगढी–सिन्धुलीगढी पदयात्रा समापन

सिन्धुलीगढी– नेपाली सेनाको मध्यपूर्वी पृतनाले सिन्धुलीको हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्म सञ्चालन गरेको

कुलमानको स्पष्टीकरण : मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनपछिको सरकारमा

बालेनको चुनावी दौडाहा : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

तेह्रथुम– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले तेह्रथुमस्थित

ओलीलाई पाण्डेको जवाफ : ‘नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउँदैछ’

काठमाडौं– नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन