व्यापारी हत्या प्रकरण : आरोपित चार व्यक्तिको दोस्रोपटक म्याद थप « Khabarhub

व्यापारी हत्या प्रकरण : आरोपित चार व्यक्तिको दोस्रोपटक म्याद थप


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – सुर्नया गाउँपालिका–४ सन्सेरीमाडौँका व्यापारी कमलसिंह महराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनाको दोस्रोपटक अदाललतबाट म्याद थप गरिएको छ । कमलसिंहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सुर्नया–५ का रामबहादुर मडै, सुर्नया–४ का शंकरसिंह महरा, हरिशसिंह महरा र रामबहादुर महरालाई प्रहरीले पक्राउ गरी यही असोज ८ गते सार्वजनिक गरेको थियो।

उनीहरुमाथि मङ्गलबार जिल्ला अदालतबाट थप आठ दिनको म्याद थप गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । हत्यामा संलग्न रहेको आशंकामा उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर असोज ८ गते पहिलोपटक अदालतबाट पाँच दिनको म्याद थप गरिएको थियो । अनुसन्धानको काम नसकिएकाले दोस्रोपटक अदालतबाट म्याद थप गरिएको प्रहरी निरीक्षक शाहीले बताए।

सुर्नया–४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौँमा मासु पसल गर्दै आएका ५५ वर्षीय महरा असोज ७ गते बिहान सन्सेरीमाडौँमै मृत फेला परेका थिए । मृतक कमलसिंहको टाउको, छाती र शरीरका अन्य भागमा चोट रहेकाले हत्या रहेको भन्दै प्रहरीले संलग्न रहेका व्यक्तिको खोजी सुरु गरेको थियो । घटनापश्चात अनुसन्धानका लागि खटिएका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख शाही नेतृत्वको टोलीले उनीहरुलाई घटना भएको २४ धण्टा नबित्दै पक्राउ गरेको थियो ।

असोज ६ गते मदिरा सेवन गरी फलामको रड प्रयोग गरी कमलसिंहको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । आरोपितमध्येका एकजनाले आफूले रड प्रहार गरी हत्या गरेको प्रहरीसमक्ष बयानसमेत दिएको प्रहरीले जनाएको छ । घटनामा एकै जनाको संलग्नता हो कि अरुको पनि संलग्नता थियो भन्नेबारे प्रहरीले सुक्ष्मरूपमा अनुसन्धान गरिरहेको हो । पक्राउ परेका चारै जना इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  १० : २२ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।