भौगोलिक मूल्याङ्कन नगरि गरिएको विकासले संकटै संकट « Khabarhub

भौगोलिक मूल्याङ्कन नगरि गरिएको विकासले संकटै संकट


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – वातावरणीय अध्ययन तथा भौगोलिक अवस्थितिको मूल्याङ्कन नगरिकन जथाभावी खनिएका मोटरबाटो र निर्माण गरिएका भौतिक संरचनाका कारण म्याग्दीमा प्राकृतिक सङ्कट चुलिँदै गएको छ ।

विकासका नाममा प्राविधिक परीक्षणबिना नै जथाभावी खनिएका मोटरबाटोकै कारण वर्षेनी भूस्खलन हुने, पहिरो जाने र मानवीय तथा धन, सम्पत्तिको क्षति हुने क्रम त बढेको छ नै, जिल्लामा गम्भीर प्राकृतिक तथा जैविक समस्या पनि देखिन थालेका छन् ।

विसं २०७२ को महाभूकम्पका कारण चिरा परेर कमजोर बनेको यहाँको भूगोलमा त्यसयता वर्षेनी डोजर र स्काभेटरका माध्यमबाट वन, पाखा, गाउँबस्ती जताततै मोटरबाटो निर्माण गर्ने होडबाजीले प्राकृतिक सम्पदा नास हुँदै गएपछि गम्भीर मानवीय सङ्कट उत्पन्न हुन थालेको छ । जिल्लामा रहेका सामुदायिक वन तथा ग्रामीण क्षेत्रमा खानेपानीका मुहान सुक्दै जान थालेका र वन तथा गाउँबस्तीमा रहेका कुवा, धारा, ताल, पोखरी पुरिँदै गएकाले मान्छे र पशु चौपायालाई खानेपानीको समस्या उत्पन्न भएको ग्रामीण क्षेत्रका बासिन्दाले बताएका छन् ।

बेनी नगरपालिका–२ बगरफाँट, वडा नं ३ भकिम्लीको दूधेखोला, सिङ्गा, बाबियाचौर र मङे्गला गाउँपालिकाको अर्मन, बरंजा, धवलागिरि गाउँपालिकाको धारापानी, मुना, मराङ तथा मालिका गाउँपालिकाको बिमलगायतका दर्जनौँ गाउँमा रहेका पानीका स्रोत पुरिएका छन् भने ताल र पोखरी पनि सुक्दै जान थालेका छन् ।

‘विगत चार वर्षयता यहाँका आठवटा पानीका स्रोत सुकिसकेका छन्, कुवा र पोखरी नामेट भएका छन्, कुवा र पोखरी रहेका ठाउँमा अहिले मोटरबाटो बनेको छ’, बरंजाका कृष्ण सापकोटाले भने, ‘नजानिँदो गरी गम्भीर मानवीय सङ्कट निम्तिँदै छ ।’

यस्तै समस्या बगरफाँट र खबरागाउँमा पनि छ । गाउँको सिरान, बीच भाग र पुछारबाट खनिएका मोटरबाटोका कारण वर्षेनी पहिरो तथा भूस्खलनको समस्या छँदैछ, त्यसमाथि पानीका मुहान सुक्ने र कुवा तथा पोखरी नास हुँदै गएपछि यी गाउँमा खानेपानीको चरम अभाव उत्पन्न भइरहेको छ ।

‘पोखरी तथा तालमा सधैँ एकनासको पानी रहने गरेका कारण पशु-चौपाया तथा बटुवाले पानी खान सजिलो हुन्थ्यो’, बगरफाँटका ८५ वर्षीय बेदप्रसाद उपाध्यायले भने, ‘अहिले पोखरी पुरिँदै गएकाले पशु चौपायालाई पानी खानसमेत समस्या भएको छ, तालका जलचर र वनस्पतिका प्रजातिसमेत नष्ट भएका छन् ।’

डोजरे विकासका कारण जिल्लामा जैविक विविधताका स्रोतसमेत नष्ट हुँदै गएको वगरफाँट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डिलबहादुर घिमिरेले बताए । म्याग्दी नदीमा पाइने विभिन्न माछाका प्रजाति, कालो र पहेँलो रङका भ्यागुता, गङ्गटोलगायतका जलचर प्राणीसमेत देखिन छाडेको उनले सुनाए।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ११ : ४६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना