सभामुखविरूद्धको मुद्दा संवैधानिक इजलासमा, परराष्ट्रमन्त्रीको शपथविरूद्धको रिट कार्कीको इजलासमा | Khabarhub Khabarhub

सभामुखविरूद्धको मुद्दा संवैधानिक इजलासमा, परराष्ट्रमन्त्रीको शपथविरूद्धको रिट कार्कीको इजलासमा


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटा र  परराष्ट्रमन्त्री डा.नारायण खड्काविरुद्ध सर्वोच्चमा दायर भएका मुद्दा  पेसीमा चढेका छन् ।

सभामुख सापकोटाविरूद्ध पूर्णिमाया लामालगायतले दायर गरेको मुद्दाको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पहिलो नम्बरमै सुनुवाइका लागि पेसी तोकिएको हो ।

संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन्। यस्तै सोही मुद्दासँग जोडिएको कनकमणि दीक्षितको अदालतको अवहेलना सम्बन्धी मुद्दालाई पनि एकै साथ राखिएको छ। यी मुद्दाको सुनुवाइका लागि पटक पटक पेसी तोकिदै आए पनि स्थगित हुँदै आएको छ।

पराष्ट्रमन्त्री डा. नारायण खड्काको शपथ बदरको माग गर्दै दायर रिटको पेशी सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा तोकिएको छ।

मन्त्री खड्काको शपथ संविधानविपरीत भएको दाबी गर्दै अधिवक्ता विशाल न्यौपानेले मंगलबार अदालतमा रिट दायर गरेका थिए। मन्त्री खड्काको शपथ असंवैधानिक भएकाले शपथसम्बन्धी कानुन निर्माण गरेर मात्रै गर्न विपक्षीको नाममा परमादेशको माग गरिएको छ। २०७८ असोज ६ गते खड्काले पद तथा गोपनीयताको शपथ लिएका थिए। पदभार ग्रहण गरेलगत्तै मन्त्री खड्का अमेरिका गएका छन्।

नेपालको संविधानको धारा ८० ले प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीले राष्ट्रपतिसमक्ष तथा राज्यमन्त्री र सहायक मन्त्रीले प्रधानमन्त्रीसमक्ष आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुनबमोजिम पद तथा गोपनीयताको शपथ लिनुपर्ने संवैधानिक व्यवस्था गरेको रिटमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  १२ : ०४ बजे

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

रूकुम पश्चिम– आफ्नै श्रीमती ३० वर्षीया देविका बुढाथोकीको हत्या गरेको आरोपमा

सिर्सिया नदीमा औद्योगिक फोहर मिसाउनेलाई स्थाकारबाही

वीरगञ्ज– बारा–पर्साको औद्योगिक कलकारखानाबाट निस्कने केमिकलजन्य प्रदूषित फोहरमैला सिर्सिया नदीमा

निजामती विधेयकमा चलखेल गर्नेलाई कारबाही हुनुपर्छ : कार्यवाहक प्रधानमन्त्री

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले निजामती

नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिन लाग्दा ६९ प्रतिशत मात्र प्रगति

त्रिवेणी– नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६९ प्रतिशत पुगेको

बाँदरको समस्याको विकल्पमा कागुनोखेती

गण्डकी– पोखरा महानगरपालिका–२८ काफलघारीका कृषक बाँदरको बढ्दो समस्यालाई दृष्टिगत गर्दै