सभामुखविरूद्धको मुद्दा संवैधानिक इजलासमा, परराष्ट्रमन्त्रीको शपथविरूद्धको रिट कार्कीको इजलासमा « Khabarhub

सभामुखविरूद्धको मुद्दा संवैधानिक इजलासमा, परराष्ट्रमन्त्रीको शपथविरूद्धको रिट कार्कीको इजलासमा


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटा र  परराष्ट्रमन्त्री डा.नारायण खड्काविरुद्ध सर्वोच्चमा दायर भएका मुद्दा  पेसीमा चढेका छन् ।

सभामुख सापकोटाविरूद्ध पूर्णिमाया लामालगायतले दायर गरेको मुद्दाको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पहिलो नम्बरमै सुनुवाइका लागि पेसी तोकिएको हो ।

संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन्। यस्तै सोही मुद्दासँग जोडिएको कनकमणि दीक्षितको अदालतको अवहेलना सम्बन्धी मुद्दालाई पनि एकै साथ राखिएको छ। यी मुद्दाको सुनुवाइका लागि पटक पटक पेसी तोकिदै आए पनि स्थगित हुँदै आएको छ।

पराष्ट्रमन्त्री डा. नारायण खड्काको शपथ बदरको माग गर्दै दायर रिटको पेशी सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा तोकिएको छ।

मन्त्री खड्काको शपथ संविधानविपरीत भएको दाबी गर्दै अधिवक्ता विशाल न्यौपानेले मंगलबार अदालतमा रिट दायर गरेका थिए। मन्त्री खड्काको शपथ असंवैधानिक भएकाले शपथसम्बन्धी कानुन निर्माण गरेर मात्रै गर्न विपक्षीको नाममा परमादेशको माग गरिएको छ। २०७८ असोज ६ गते खड्काले पद तथा गोपनीयताको शपथ लिएका थिए। पदभार ग्रहण गरेलगत्तै मन्त्री खड्का अमेरिका गएका छन्।

नेपालको संविधानको धारा ८० ले प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीले राष्ट्रपतिसमक्ष तथा राज्यमन्त्री र सहायक मन्त्रीले प्रधानमन्त्रीसमक्ष आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुनबमोजिम पद तथा गोपनीयताको शपथ लिनुपर्ने संवैधानिक व्यवस्था गरेको रिटमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  १२ : ०४ बजे

तीन जिल्लामा साढे दुई करोड नगद सहयोग

काठमाडौं– सरकारले रसुवा, नुवाकोट र धादिङमा साढे दुई करोड रुपैयाँ

बाढी प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनामा एनसेल फाउन्डेसनको १ करोड सहयोग

काठमाडौं– बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत

फोटो बोकेर शवको पर्खाइमा आफन्त (तस्बिरहरू)

काठमाडौं– भरतपुरका ठाकुरप्रसाद कँडेल र लिलावती सापकोटा बिहीबार बिहानैदेखि भरतपुर

रसुवा बाढी पीडितलाई प्रधानमन्त्री राहत कोषमा सहयोग गर्दै सेलिब्रिटी

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीबाट पीडितलाई राहत वितरण

चितवनमा त्रिशूली–नारायणीमा बगेका शवको खोजी, पहिचान र व्यवस्थापनको तयारी

नारायणगढ– त्रिशूली तथा नारायणी नदीमा बगेर आएका शवको खोजी, पहिचान