करियरलाई ‘ट्रयाक’मा ल्याउदै श्वेता « Khabarhub

करियरलाई ‘ट्रयाक’मा ल्याउदै श्वेता


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– सन् २००१ मा टेलिभिजनमा अनुराग बसु र प्रेरणाको एक प्रेमकथालाई दर्शकले अत्याधिक रुचाए । टेलिफिल्म ‘कसौटी जिन्दगी की’ का यी दुई कलाकारले रातारात चर्चा पाए । यो शो भलै अफएयर भए पनि यी दुई कलाकार अहिले पनि उत्तिकै चर्चित छन् ।

टेलिफिल्ममा ‘प्रेरणा’को चरित्र श्वेता तिवारीले निभाएकी थिइन् । सुन्दर अनुहार, लामो कद र सुन्दर मुस्कान, यी नै विशेषताले श्वेताले दर्शकको ध्यान आफूतिर तान्न सफल भइन् ।

‘कसौटी जिन्दगी की’बाट स्टार बनेकी श्वेताले यसपछि धेरै शोमा आफूलाई उपस्थित गराइन् । तर उनले ‘प्रेरणा’ जस्तो लोकप्रियता र भूमिका कहिँ कतै पाइनन् ।

‘कसौटी’ पछि श्वेताले ‘सीता और गीता’, ‘जाने क्या बात हुई’, ‘सजन रे झूठ मत बोलो’, ‘परवरिश’, ‘एक थी नायिका’, ‘बाल वीर’, ‘बेगूसराय’, ‘मेरे डैड की दुल्हन’मा काम गरिन् । कैयौं रियालिटी शोमा सहभागिता जनाइसकेकी श्वेता ‘बिग बोस ४’की विजेता पनि हुन् ।

गत वर्ष श्वेताले धेरै काम गरिन् । जसलाई हेर्दा उनी आफ्नो करियरलाई ‘ट्रयाक’मा ल्याउन खोजिरहेको प्रष्ट बुझ्न सकिन्छ । हालका दिनमा श्वेता आफ्नो फेसन सेन्सलाई निकै ध्यान दिन थालेकी छन् ।

श्वेताले ‘खतरों के खिलाडी ११’मा सहभागिता जनाएर उत्कृष्ट ५ मा आफूलाई उभ्याइन् । केपटाउनमा उनको धमाकेदार स्टण्टसँगै फेसन शैलीले चर्चा दिलायो । ४० को उमेरमा पनि निकै फिट देखिने श्वेताको फिटनेसले सबैलाई सोच्न बाध्य बनाउने गरेको छ ।

श्वेता ‘बिग बोस १५’मा सहभागिता जनाउने खबर पनि चर्चामा छ । स्रोतका अनुसार शोमा श्वेता सिनियर या मेन्टरको भूमिकामा हुनेछिन् ।

श्वेता निकै लामो समय आफ्नो कामलाई लिएर कम र निजी जिन्दगीका कारण बढी चर्चामा आइन् । श्वेताले दोस्रो पति अभिनवसँग झगडा र अलग्गिने खबरले निकै विवाद पैदा गरेको थियो । दुवैले एकअर्कामा गम्भीर आरोप लगाए । अहिले श्वेता निजी जिन्दगीलाई साइडमा राखेर काममा पूर्ण ध्यान दिइरहेकी छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  १ : ३३ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा