मृत्यु भइसकेकाको सामाजिक सुरक्षा भत्ता लिने पाँचजनाविरुद्ध मुद्दा दर्ता « Khabarhub

मृत्यु भइसकेकाको सामाजिक सुरक्षा भत्ता लिने पाँचजनाविरुद्ध मुद्दा दर्ता


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उदयपुरको रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्यसहित पाँचजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ ।

मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक सुरक्षा भत्ता बापतको रकम निकासा गरी आर्थिक अनियमितता गरेको भन्दै आचार्यसहित तत्कालीन गाविस सचिव लोकेन्द्र कार्की, विशाल सुन्दास, माधवप्रसाद खतिवडा र पुष्पराज सिग्देलविरुद्ध अख्तियारले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

तत्कालीन गाविस सचिवहरुले मृत्यु दर्ता भएपश्चात् मृतकको सामाजिक सुरक्षा भत्ता वितरणको भरपाईमा कैफियत जनाई लगत कट्टा गर्नुपर्नेमा मृतक लाभग्राहीहरुका नाममा साथै दोहोरो नामको भरपाई बनाएर भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

उजुरीपश्चात् छानबिन गर्दा रु १६ लाख ४० हजार ५०० हिनामिना गरेको खुल्न आएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताए ।

रिसालका अनुसार उक्त गाविसमा सात–आठ वर्षअघि नै मृत्यु भइसकेकाको व्यक्तिका नाममा आर्थिक वर्ष २०६३/६४ सालदेखि २०७१/०७२ सालसम्ममा बनावटी नाममा सामाजिक सुरक्षा भत्ताबापतको रकम निकासा गरी अनियमितता गरेको देखियो ।

अख्तियारले तत्कालीन गाविस सचिव केशवप्रसाद आचार्यसँग नौ लाख ९० हाजार ५००, लोकेन्द्र कार्कीसँग ७८ हाजार, विशाल सुन्दाससँग ८२ हजार, माधवप्रसाद खतिवडासँग तीन लाख १४ हजार र पुष्पराज सिग्देलसँग एक लाख ७६ हजार रुपैँया सजायको मागदाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ एवं दफा ३५ बमोजिम अदालतमा आरोपपत्र दायर गरेको हो ।

तत्कालीन गाविस सचिव केशवप्रसाद आचार्य हाल मालपोत कार्यालय उदयपुरमा, लोकेन्द्र कार्की रौतामाई गाउँपालिका–७ को वडा सचिव पदमा, विशाल सुन्दास तथ्याङ्क कार्यालय उदयपुरमा, माधवप्रसाद खतिवडा रौतामाई गाउँपालिकाको कार्यालयमा शाखा अधिकृतका रुपमा कार्यरत छन् भने पुष्पराज सिग्देलले सेवाबाट अवकाश पाइसकेका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  २ : ५५ बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद