सञ्चार माध्यमप्रति ओलीको कटाक्ष « Khabarhub

सञ्चार माध्यमप्रति ओलीको कटाक्ष


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्पादक तथा सञ्चारमाध्यमहरूले वर्तमान सरकारलाई किन खबरदारी नगरेको भनेर आफूले नबुझेको भन्दै कटाक्ष गरेका छन् ।

आफू प्रधानमन्त्री रहँदा ओली सञ्चारमाध्यमप्रति नराकात्मक देखिन्थे । उनले सरकारले गरेको विकास पत्रकारहरूले नदेखेको र विरोधमात्रै गरेको आरोप लगाउने गरेका थिए । मङ्गलबार सम्पादकहरूसँग आयोजित अन्तक्रियामा उनले आफू प्र्रधानमन्त्री रहँदा सञ्चार माध्यमबाट सहयोग पाएको भन्दै धन्यवाद दिए । उनले आफूलाई खबरदारी गरेर गुन लगाउने सम्पादकहरुले वर्तमान सरकारलाई किन गुन नलगाएको भनेर प्रश्न गरे ।

‘मलाई सजग गराउनुभयो, सचेत गराउनुभयो, ती अमूल्य सुझाब थिए, खबरदारीले सचेत बनायो, धन्यवाद,’ उनले भने, ‘खबरदारी नभए लापरबाही हुँदोरहेछ, अहिलेको सरकारदलाई खबरदारी पुगेको छैन ।’

उनले आफूले अध्यादेश ल्याउँदा प्रतिगमन भयो भनेर विरोध भएको तर अहिले कोही पनि नबोलेको भन्दै असन्तुष्टि प्रकट गरे ।

ओलीले सञ्चार माध्यमले सबैलाई ‘तिमी’ लेख्ने गरेकोमा पनि असन्तोष प्रकट गरे । ‘तिमी’ लेखेको भनेर आपत्ति जनाउने नेता नै निम्नकोटीको गालीगलौजमा उत्रेको भनेर राखिएको एक जिज्ञासामा सञ्चारमाध्यमले नेपाली भाषामा रहेका आदरार्थी शब्दहरु छाडेर अङ्ग्रेजीको ‘यु’ नक्कल गरेको आरोप लगाए ।

उनले भने, ‘मलाई त तँ भने पनि हुन्छ, हाम्रो भाषिक श्रेष्ठता र समृद्धि बचाऔँ भन्ने कुरा हो, अङ्ग्रेजीको नक्कल गरेर हाम्रो सम्पन्नता नबिर्से हुन्थ्यो । यो (सबैलाई तिमी लेख्नु) नक्कल नै हो । साहित्य र सञ्चारमाध्यम फरक हो ।’

उनले भाषिक संयम र भाषिक मर्यादा सञ्चारमाध्यमले पनि ख्याल गर्नुपर्ने उनको भनाइ थियो ।

आफ्नो पार्टीले दशौँ महाधिवेशनबाट ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउने बताउँदै यस्तै प्रतिनिधित्वका लागि सञ्चार माध्यमलाई सुझाब दिए । कार्यक्रममा जम्मा भएका सञ्चारकर्मीमध्ये तीन जनामात्रै महिला देखेको भन्दै ओलीले आफूले आयोजना गर्ने यस्तै अर्को कार्यक्रममा ३३ प्रतिशत महिलाको उपस्थिति हेर्न चाहेको बताए ।

 

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ३ : २५ बजे

मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

काठमाडौं– मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपाली पुरुष राष्ट्रिय

नेपाललाई सहयोग गर्ने बलिउड कलाकारको प्रतिबद्धता

काठमाडौं – रसुवाको विनाशकारी बाढीमा प्रभावितहरूलाई विदेशी कलाकारहरूले समेत सहानुभूति

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक प्रकोप प्रभावितलाई ३ करोड ३९ लाख बराबरको सहयोग

काठमाडौं– कुमारी बैंक लिमिटेडले हाल देशका विभिन्न जिल्लाहरूमा आएको बाढी

तनहुँमा ९८४ मेट्रिक टन खायन आलु उत्पादन

दमौली– तनहुँमा खायन जातको आलु उत्पादन बढ्न थालेको छ ।

चितवनमा भरियो शवगृह, त्रिपालमुनि शव, पहिचान केन्द्र तयार पारिँदै 

चितवन– चितवनमा रसुवा बाढीमा परेर ज्यान गुमाएकाको शव राख्ने ठाउँ नै