सेवा निवृत्त सैनिकको रहरलाग्दो कालिजपालन « Khabarhub

सेवा निवृत्त सैनिकको रहरलाग्दो कालिजपालन


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय सेनाबाट अवकास पाउनुभएका म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतका नवीन घिमिरेले कालिजपालन व्यवसाय शुरु गरेका छन् ।

१७ वर्ष भारतीय सेनामा काम गरेर अवकास पाएका उनले गाउँ फर्किएर कालिजपालन शुरु गरेका हुन् । उनले शुरु गरेको कालिजपालन व्यवसाय अहिले यस क्षेत्रकै रहरलाग्दो र रमाइलो बनेको छ ।

रञ्जिला कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर २०७७ सालको फागुनबाट व्यवसायिक रुपमा नै कालिजपालन शुरु गरेका घिमिरेले सात महिनाको अवधिमा राम्रो आम्दानी मात्रै गरेका छैनन्, नयाँ व्यवसाय गरेर उदाहरणीयसमेत बनेका छन् । रु २१ लाखको लगानीबाट कालिजपालन सुरु गरेका घिमिरेको फर्ममा अहिले ६०० कालिज हुर्कदै छन् । यस अवधिमा उनले ११० वटा कालिज बिक्री गरिसकेका छन् । लामो अध्ययनपछि उनले फाँपरखेतमा कालिज पाल्ने सोच बनाएका हुन् ।

“भारतीय गोर्खा सैनिकमा हुँदा आफ्नै गाउँको जस्तै भूगोल भएको दार्जिलिङमा कालिजपालन गरेको देखेर म लोभिएको थिएँ”, ३९ वर्षीय फरासिला घिमिरेले भने, “पाँच वर्षपछि सेवा निवृत्त भएर गाउँ आएँ, यहाँ आउदा नेपाल सरकारले कालिजपालनका लागि अनुमति दिएको थाहा पाएपछि तत्कालै कालिजपालन व्यवसाय सुरु गरेको हुँ ।”

घिमिरेले सात रोपनी पाखोबारीलाई घेराबार गरेर जालीले छोपेको खोर बनाएका छन् । त्यही खोरमा चारसय बढी ‘रिङनेट’ जातका कालिज हुर्किरहेका छन् । अधिकांश कालिज बिक्रिका लागि योग्य भएका घिमिरेले बताए ।

कालिज बेनी, भकुण्डे, बागलुङ र पोखराको बजारमा प्रतिगोटा रु तीन हजार ५०० का दरले बिक्री हुने गरेको उनले जानकारी दिए ।

कालिजका लागि उनले रैथाने आहारा (मकै, गहुँ,कोदो) का साथै बजारबाट आयातित दाना खुवाउने गरेका  छन् । त्यसका साथै हरियो भूइँ तथा डालेघाँसबाट पनि उहाँले कालिजलाई दानाको व्यवस्थापन गरेको बताए । उनको फार्ममा स्थानीय तीन जना व्यक्तिले रोजगारी समेत पाएका छन् ।

निकट भविष्यमा ह्याचिङ मेसिन राखेर आफै चल्ला उत्पादन गर्ने र मासुका लागि भाले कालिजको सङ्ख्या बढाउने उनको योजना छ । पाँच महिनामा दुई किलो भन्दा बढी तौल हुने र ती कालिज मासु खानका लागि योग्य हुने उनले जानकारी दिए ।

कालिजको मासु सबैका लागि स्वादिष्ट र उपयोगी हुने भए पनि विशेष गरी युरिक एसिड भएका व्यक्ति र सुत्केरी महिलाका लागि हितकारक हुने बताएको छ । पाँचदेखि सात महिनाभित्र बिक्री गर्न योग्य हुने कालिजलाई व्यावसायिक रुपमा विस्तार गर्दै लैजाने सोच उनको रहेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  १० : ०१ बजे

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २८९ पुग्यो, नदी किनारमा बेपत्ताको खोजी जारी

काठमाडौं– रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा फेला

विदेशबाट पनि प्रधानमन्त्री राहतकोषमा सिधै जम्मा गर्न सकिने

काठमाडौं – विदेशमा रहेका नेपाली तथा अन्य इच्छुक व्यक्तिले अब प्रधानमन्त्री

भोटेकोशी बाढी : महोत्तरीका १० जना सम्पर्कविहीन

महोत्तरी– भोटेकोशीको बाढीसँगै महोत्तरीका १० जना सम्पर्कविहीन भएका छन् ।

पत्रकार टेकराज थामी सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण पत्रकार टेकराज

रसुवाको बाढीमा फसेका २७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ११ जना

काठमाडौं- रसुवाको भोटेकोशी क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीबाट २७ जना