अभिनेता पोसानीमाथि आक्रमण प्रयास « Khabarhub

अभिनेता पोसानीमाथि आक्रमण प्रयास


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– फिल्म कलाकारलाई लिएर फ्यानमाझ एक अलग किसिमको क्रेज देख्न पाइन्छ । त्यहीकारण फ्यानहरु आफ्नो मनपर्ने कलाकारलाई एक नेताका रुपमा चिन्न मनपराउछन् । त्यहीकारण आफ्नो मनपर्ने नेतामाथि कसैले केही गरेमा अथवा भनेमा त्यसकाविरुद्ध कडा रुपमा प्रस्तुत हुन पनि पछि पर्दैनन् ।

दक्षिण भारतीय फिल्मका अभिनेता तथा राजनेता पवन कल्याणका फ्यानले मंगलबार अभिनेता तथा निर्माता पोसानी कृष्णा मुरलीमाथि आक्रमण प्रयास गरे । पोसानी हैदराबाद प्रेस क्लबमा आफ्नो धारणा व्यक्त गरिरहँदा त्यहाँ पवनका फ्यान पुगेपछि स्थिति तनावपूर्ण बनेको थियो ।

उनलाई आक्रमणको प्रयास गर्ने व्यक्तिहरु पवनको जनसेना पार्टीका मानिसहरु थिए । उनीहरुले पोसानीविरुद्ध नारा लगाए र कार्यक्रमस्थल भित्र जाने प्रयास गरे । तर त्यहाँ प्रहरीको उपस्थितिले गर्दा उनीहरु भित्र जान पाएनन् । यो मामलामा प्रहरीले १० व्यक्तिलाई नियन्त्रणमा लिए । पोसानीले हालैमात्र पवनमाथि उनको भनाई लिएर निशाना साँधेका थिए ।

पवनले आन्ध्र प्रदेशका मन्त्रीहरुमाथि आपत्तिजनक भाषाको प्रयोग गर्दै आफ्नो भनाइ राखेका थिए । उनले पञ्जाबसँग सम्बन्ध राख्ने अभिनेत्रीको हवाला दिँदै फिल्म क्षेत्रका एक दिग्गजमाथि उनले गर्भवती बनाएको र धोका दिएको आरोप लगाएका थिए ।

पवनको यो आपत्तिजनक भाषाको विरोध गर्दा पोसानीमाथि आक्रमण प्रयास भएको हो । ‘चिरञ्जीवी कहिल्यै पनि आफ्नो सीमालाई पार गर्दैन थिए । उनी जहिल्यै पनि आफ्नो भनाई राख्दा सही भाषाको प्रयोग गर्थे । तर पवन कल्याणले जसरी मन्त्रीहरुको आलोचना गरे, जुन किसिमको भाषा प्रयोग गरे, त्यो गलत थियो’, पोसानीले भनेका थिए ।

उनले पवनले फिल्ममा आफ्नो संवादका माध्यमबाट महिलाको सम्मान गर्ने भए पनि अभिनेत्रीमाथि गरिएको टिप्पणी खेदपूर्ण भएको बताएका थिए । ‘तपाईंको काम जे हो, त्यो गर्नुहोस् । पञ्जाबबाट तेलुगु फिल्म उद्योगमा धेरै युवतीहरु आफ्नो सपना लिएर आएका छन् । उनीहरु अभिनेत्री बन्न चाहन्छन् । उद्योगको एक ठूलो व्यक्तिले उसको करियर बनाउने प्रतिबद्धता जनायो । ऊसँग समय बितायो र उसलाई गर्भवती बनायो । त्यसपछि उसले युवतीलाई गर्भपतन गराउन दबाब दियो । त्यसकारण तपाईंसँग हिम्मत छ भने यो मुद्धामाथि सीबीआई अनुसन्धानको माग गर्नुहोला’, पोसानीले भनेका थिए ।

पोसानीको यस्तो भनाईपछि पवन कल्याणका फ्यान रिसाएर उनीमाथि आक्रमणको प्रयास गरेका थिए । तर प्रहरीका कारण उनीमाथि आक्रमण प्रयास असफल भएको थियो । पोसानीलाई प्रहरीले गाडीबाट सुरक्षित स्थानतर्फ लगेको थियो ।

पोसानी वाईएसआर काँग्रेस पार्टीका समर्थक हुन् । यो पार्टी अहिले आन्ध्र प्रदेशको सत्तामा छ । निकै लामो समययता पवन सत्ताधारी पार्टीको विरोध गरिरहेका थिए र यसपटक पोसानीले नै पवनसँग यो विषयमा प्रश्न गरेका थिए ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ४ : ३४ बजे

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

विद्युत् प्राधिकरणमा आइपुग्यो ५० हजार नयाँ मिटर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत् जडान तथा मिटर