अभिनेता पोसानीमाथि आक्रमण प्रयास | Khabarhub Khabarhub

अभिनेता पोसानीमाथि आक्रमण प्रयास


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– फिल्म कलाकारलाई लिएर फ्यानमाझ एक अलग किसिमको क्रेज देख्न पाइन्छ । त्यहीकारण फ्यानहरु आफ्नो मनपर्ने कलाकारलाई एक नेताका रुपमा चिन्न मनपराउछन् । त्यहीकारण आफ्नो मनपर्ने नेतामाथि कसैले केही गरेमा अथवा भनेमा त्यसकाविरुद्ध कडा रुपमा प्रस्तुत हुन पनि पछि पर्दैनन् ।

दक्षिण भारतीय फिल्मका अभिनेता तथा राजनेता पवन कल्याणका फ्यानले मंगलबार अभिनेता तथा निर्माता पोसानी कृष्णा मुरलीमाथि आक्रमण प्रयास गरे । पोसानी हैदराबाद प्रेस क्लबमा आफ्नो धारणा व्यक्त गरिरहँदा त्यहाँ पवनका फ्यान पुगेपछि स्थिति तनावपूर्ण बनेको थियो ।

उनलाई आक्रमणको प्रयास गर्ने व्यक्तिहरु पवनको जनसेना पार्टीका मानिसहरु थिए । उनीहरुले पोसानीविरुद्ध नारा लगाए र कार्यक्रमस्थल भित्र जाने प्रयास गरे । तर त्यहाँ प्रहरीको उपस्थितिले गर्दा उनीहरु भित्र जान पाएनन् । यो मामलामा प्रहरीले १० व्यक्तिलाई नियन्त्रणमा लिए । पोसानीले हालैमात्र पवनमाथि उनको भनाई लिएर निशाना साँधेका थिए ।

पवनले आन्ध्र प्रदेशका मन्त्रीहरुमाथि आपत्तिजनक भाषाको प्रयोग गर्दै आफ्नो भनाइ राखेका थिए । उनले पञ्जाबसँग सम्बन्ध राख्ने अभिनेत्रीको हवाला दिँदै फिल्म क्षेत्रका एक दिग्गजमाथि उनले गर्भवती बनाएको र धोका दिएको आरोप लगाएका थिए ।

पवनको यो आपत्तिजनक भाषाको विरोध गर्दा पोसानीमाथि आक्रमण प्रयास भएको हो । ‘चिरञ्जीवी कहिल्यै पनि आफ्नो सीमालाई पार गर्दैन थिए । उनी जहिल्यै पनि आफ्नो भनाई राख्दा सही भाषाको प्रयोग गर्थे । तर पवन कल्याणले जसरी मन्त्रीहरुको आलोचना गरे, जुन किसिमको भाषा प्रयोग गरे, त्यो गलत थियो’, पोसानीले भनेका थिए ।

उनले पवनले फिल्ममा आफ्नो संवादका माध्यमबाट महिलाको सम्मान गर्ने भए पनि अभिनेत्रीमाथि गरिएको टिप्पणी खेदपूर्ण भएको बताएका थिए । ‘तपाईंको काम जे हो, त्यो गर्नुहोस् । पञ्जाबबाट तेलुगु फिल्म उद्योगमा धेरै युवतीहरु आफ्नो सपना लिएर आएका छन् । उनीहरु अभिनेत्री बन्न चाहन्छन् । उद्योगको एक ठूलो व्यक्तिले उसको करियर बनाउने प्रतिबद्धता जनायो । ऊसँग समय बितायो र उसलाई गर्भवती बनायो । त्यसपछि उसले युवतीलाई गर्भपतन गराउन दबाब दियो । त्यसकारण तपाईंसँग हिम्मत छ भने यो मुद्धामाथि सीबीआई अनुसन्धानको माग गर्नुहोला’, पोसानीले भनेका थिए ।

पोसानीको यस्तो भनाईपछि पवन कल्याणका फ्यान रिसाएर उनीमाथि आक्रमणको प्रयास गरेका थिए । तर प्रहरीका कारण उनीमाथि आक्रमण प्रयास असफल भएको थियो । पोसानीलाई प्रहरीले गाडीबाट सुरक्षित स्थानतर्फ लगेको थियो ।

पोसानी वाईएसआर काँग्रेस पार्टीका समर्थक हुन् । यो पार्टी अहिले आन्ध्र प्रदेशको सत्तामा छ । निकै लामो समययता पवन सत्ताधारी पार्टीको विरोध गरिरहेका थिए र यसपटक पोसानीले नै पवनसँग यो विषयमा प्रश्न गरेका थिए ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ४ : ३४ बजे

सुनको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।

महिला टी–२० विश्वकप छनोट : नेपालले आज बहराइनसँग खेल्ने

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज

जलेश्वर अस्पतालमा औषधि अभाव, उपचारमा समस्या

जलेश्वर– जलेश्वरस्थित प्रादेशिक अस्पतालमा औषधि अभाव हुँदा उपचारमा समस्या भएको

मुस्ताङको ठिनी खोलामा मोटरेबल पुल बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी

आज फलफूल तथा तरकारीको मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि