भारतको आर्थिक सहयोगमा काभ्रेमा ६ वटा विद्यालयको पुनर्निर्माण सम्पन्न « Khabarhub

भारतको आर्थिक सहयोगमा काभ्रेमा ६ वटा विद्यालयको पुनर्निर्माण सम्पन्न


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत सरकारको अनुदानमा काभ्रेपलाञ्चोकमा ६ वटा विद्यालयहरूको पुनर्निर्माण सम्पन्न भएको छ ।

भारतीय विदेश मन्त्रालयका उत्तरी महाशाखाका संयुक्त सचिव अनुराग श्रीवास्तव, काभ्रेपलाञ्चोक–२ का प्रतिनिधि सभा सदस्य गोकुल प्रसाद बाँसकोटा, काभ्रेपलाञ्चोक–१ का प्रतिनिधि सभा सदस्य गङ्गा बहादुर तामाङ तथा नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य ध्रुवप्रसाद शर्माले ती विद्यालयहरूको संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

नेपाल सरकारले निर्धारण गरेको भूकम्प–प्रतिरोधी पुनर्निर्माण मापदण्ड अनुरूप श्री आजाद माध्यमिक विद्यालय (बनेपा), श्री भगवती माध्यमिक विद्यालय (पाँचखाल), श्री आजाद माध्यमिक विद्यालय (पाँचखाल), श्री दुग्धेश्वर माध्यमिक विद्यालय (पाँचखाल), श्री शारदा माध्यमिक विद्यालय (पनौती) र श्री खाँडादेवी माध्यमिक विद्यालय (चौरी देउराली) गरी ६ वटा विद्यालयहरूको निर्माण सम्पन्न गरिएको भारतीय दूतावासले जानकारी दिएको छ । यसले २००० भन्दा बढी विद्यार्थीहरूले राम्रो शैक्षिक वातावरणमा अध्ययन गर्न पाउने दूतावासले आशा व्यक्त गरेको छ ।

भारत सरकारको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत यी ६ वटा विद्यालयहरू १९.७ करोड रुपैयाँ लागतमा निर्माण भएका हुन् । उक्त कार्यक्रममा भारतीय राजदूतावासका अधिकारी, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा), जिल्ला आयोजना कार्यान्वयन इकाई (काभ्रेपलाञ्चोक), बनेपा नगरपालिका, पनौती नगरपालिकाका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

नेपालका आठ जिल्लामा भूकम्पले क्षति पु–याएका शैक्षिक संस्थाको पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो । यी विद्यालयहरू पनि यसै योजना अन्तर्गत निर्माण भएका हुन्। यसरी लाभान्वित हुने आठ जिल्लाहरू गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ र काठमाडौँ रहेका छन् । हालसम्म १४ वटा विद्यालयहरूको निर्माण भइसकेको छ भने ५६ वटा विद्यालयमा निर्माण कार्य भइरहेको छ ।

त्यस्तै काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा खोपासी प्राथमिक उपचार केन्द्रको भूमि पूजन कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य क्षेत्रमा १३२ वटा स्वास्थ्य चौकी पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । यो स्वास्थ्य चौकी पनि यसैको हिस्साको रूपमा रहेको छ । ७.५ करोड रुपैयाँमा उक्त प्राथमिक उपचार केन्द्रको पुनर्निर्माण हुन लागेको हो ।

नेपालमा आवास, शिक्षा, स्वास्थ्य तथा सांस्कृतिक सम्पदा क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारतले २५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । भूकम्पपछिको पुनर्निर्माण कार्यका लागि आवासको क्षेत्रमा गोरखा र नुवाकोट जिल्लामा ५०,००० घरहरू, शिक्षाको क्षेत्रमा ७० वटा विद्यालय र एउटा पुस्तकालय, स्वास्थ्यको क्षेत्रमा १३२ वटा स्वास्थ्य भवन, र सांस्कृतिक सम्पदाको क्षेत्रमा २८ वटा सांस्कृतिक सम्पदाको पुनर्स्थापना र प्रबलीकरण कार्य भारतको आर्थिक सहयोगमा सञ्चालन भइरहेका छन् ।

 

 

 

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ५ : १२ बजे

भिनिसियस भर्सेज हालाण्ड : विश्वकपमा नर्वे र ब्राजिलको रोचक भीडन्त आज

काठमाडौं- विश्वकप फुटबलको नकआउट चरण अन्तर्गत राउण्ड अफ १६ मा

सरकारले गरीखाने वर्गलाई उठिबास लगायो, राष्ट्रियता कमजोर बनायो : एमाले सचेतक घतानी

काठमाडौं- नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको सम्बन्ध सुमधुर छैन

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने

काठमाडौं– पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने भएकाले आवश्यक

धारापानी-झिनडाँडा खण्ड स्तरोन्नति

म्याग्दी– म्याग्दीको दरबाङ-मुना-ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका-७ को धारापानी-ताकम-शिवाङ-झिनडाँडा खण्ड

साहित्यकार चालिसेको ‘अम्मल’ कथासङ्ग्रह सार्वजनिक

काठमाडौं– साहित्यकार अच्युतप्रसाद चालिसेद्वारा लिखित दोस्रो साहित्यिक कृति ‘अम्मल’ कथासङ्ग्रह औपचारिक