प्रचण्डको ब्रिफिङ : सत्ता गठबन्धनको बैठकपछि मन्त्रिपरिषद पूर्ण हुन्छ « Khabarhub

प्रचण्डको ब्रिफिङ : सत्ता गठबन्धनको बैठकपछि मन्त्रिपरिषद पूर्ण हुन्छ


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)को संगठन विभागले पार्टीको संगठन व्यवस्थित र विस्तार गर्ने योजनासहितका सुझाव स्थायी कमिटी बैठकमा पेस गरेको छ ।

बुधबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा संगठन विभाग प्रमुख जनार्दन शर्माले संगठन व्यवस्थित र विस्तार गर्ने योजनासहितको सुझाव पेस गरेको नेता देवप्रसाद गुरुङले जानकारी दिए ।

‘संगठनलाई अझ व्यवस्थित पार्नका लागि संगठन विभागबाट सुझाव आएको छ । कसरी संगठन व्यवस्थित पार्ने र विस्तार गर्ने भन्नेबारे योजना पनि पेस भएका छन्,’ उनले भने । ती प्रस्ताव स्थायी कमिटीले स्वीकार गरेको पनि गुरुङले जानकारी दिए । पुस ११ देखि १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि संख्याबारे पनि बैठकमा छलफल भएको बताइएको छ ।

यसैगरी विभिन्न समयमा भएका पार्टी एकताका आधारमा संगठनमा समेट्न छुटेका नेताहरुको समायोजनाका लागि गठित कार्यदलले सुझाव पेश गरेको र कार्यान्वयनमा लैजाने निर्णय भएको नेता गुरुङले बताए । त्यस्तै पार्टीको स्कुल विभाग सम्बन्धी व्यवस्थाका बारेमा केही योजनाहरु बैठकमा पेश भएको र अध्ययन गरेर टुङ्गो लगाउने निर्णय भएको उनले बताए ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार सत्ता गठबन्धनको बैठक बस्नेबारे ब्रिफिङ गरेको नेता पुनले बताए । कानुनी अवरोधले मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको भन्दै उनले अब बिहीबार गठबन्धनको बैठक बसेर मन्त्रिमण्डललाई पूर्णता दिने तयारी भएको जनाए ।

स्थायी कमिटी सदस्यसमेत रहेका गुरुङले मन्त्रालयको भागबण्डा मिलेपछि मात्रै पार्टीबाट मन्त्री हुनेको नाम टुंगो लाग्ने जानकारी दिए ।

यसैगरी गुरुङले एमालेले सदन अवरुद्ध गरेको अवस्थामा विपक्षीसंग सरकारको तर्फबाट छलफल गरेर संसदको प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ५ : ३८ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।