नेपाली बजारमा चेरी टिग्गो ४ प्रो एस यू भी « Khabarhub

नेपाली बजारमा चेरी टिग्गो ४ प्रो एस यू भी


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शारदा ग्रुप अन्तर्गतको कम्पनी एस.पी.जी. अटोमोबाइल्स प्रा.लि. नेपालमा चेरी अटोमोबाइल्स् कम्पनी लिमिटेडको आधिकारिक वितरकको रुपमा नियुक्त भएको छ । एस.पी.जी. अटोमोबाइल्स्ले नेपाली बजारमा चेरी टिग्गो ४ प्रो एस यूभी लन्च गरेको छ ।

एस.पी.जी. अटोमोबाइल्सका अनुसार चेरी टिग्गो ४ प्रो एस यूभी तीन भेरियन्टमा उपलब्ध छ जसमा एउटा १.५ लि. नेच्युरल्ली एस्पिरेटेड म्यानुअल ट्रान्समिसन रहेको छ । यसको मूल्य ४६ लाख २० हजार रुपैयाँ रहेको छ ।

अर्को १.५ लि. नेच्यूरल्ली एस्पिरेटेड सिभिटि छ जसको मूल्य ५२ लाख ५० हजार रुपैयाँ छ । अर्को १.५ लि. टर्बो चाज्र्ड ९ स्पिड गिएर बक्स सीभीटी इन्जिन छ । यसको मूल्य ५८ लाख ४० हजार रुपैयाँ छ ।  ।

नेच्युरल्ली एस्पिरेटेड इन्जिनले अधिकतम पावर ८५ किलो वाट (११५ पि.एस.) र १३८ एन.एम. को अधिकतम टर्क उत्पादन गर्दछ ।

यस्तै, १.५ लि. टर्बो चार्जड सि.भि.टि इन्जिनले अधिकतम पावर ११५ किलो वाट (१४७ पि.एस.) तथा अधिकतम पावर २१० एन. एम. को अधिकतम टर्क उत्पादन गर्छ । टिग्गो ४ प्रो को प्रमाणित माइलेज १४.७ कि.मि. प्रति लिटर रहेको छ ।

चेरी अटोमोबाइल कम्पनी लिमिटेडको स्थापना १९९७ मा भएको हो । यो चीनमा अवस्थित ग्लोबलाइज अटोमोबाइल ब्राण्ड हो ।

विगत २० वर्षमा, चेरीले पाँच वटा विश्वव्यापी अनुसन्धान र विकास आधारहरू मार्फत ५ हजार ५०० भन्दा बढी ब्यक्तिहरुको अनुसन्धान र विकास टोली स्थापना गरिसकेको जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ५ : ४० बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय