यसो गरे दाँतमा किरा लाग्दैन « Khabarhub

यसो गरे दाँतमा किरा लाग्दैन


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाँतले केवल खानेकुरा चपाउने काम मात्र गर्दैन यसले अनुहारको सुन्दरता पनि बढाउँछ । तर दाँतमा हुने विभिन्न रोग तथा लापरबाहीले यसलाई बिगार्न सक्छ । अझ दाँतमा किरा लाग्ने समस्या धेरै मानिसमा देखिएको छ ।

गुलियोले मात्र नभई अन्य जुनसुकै खानेकुराले पनि दाँत बिगार्न सक्छ । खानेकुरा दाँत वा मुखमा रहँदा एसिड उत्पादन भई त्यसले दाँत बिगार्ने गर्दछ । किरा लाग्नबाट दाँतलाई यसरी जोगाउन के गर्ने त ?

– बिहान बेलुका खाना खाइसके पछि अनिवार्य दाँत ब्रस गर्ने ।

– दाँत माझ्न प्रयोग गर्ने मन्जन फोलोराइडयुक्त मात्र प्रयोग गर्ने ।

– हरेक पटक खानेकुरा खाइसकेपछि अनिवार्य मुख कुल्ला गर्ने ।

– दाँतमा केही मात्रामा पहेँलो, कालो देखिए तत्काल उपचार गर्ने ।

– चिसो पेय पदार्थ गिलास वा बोतलबाट पिउँदा दाँतको बाहिरी भागमा खिइन सक्छ त्यसैले यस्तो पेय पिउन पाइपको प्रयोग गर्ने ।

– बच्चालाई सुतेर खानेकुरा खुवाउँदा खाना मुखमै हुने भएकाले यसले एसिड उत्पादन तिब्र बनाउँछ । त्यसैले सकेसम्म सुतेर खानेकुरा तथा दूध नखुवाउने । ख्वाए मुख कुल्ला गर्न लगाउने ।

– दाँत माझ्न सकेसम्म नरम ब्रसको प्रयोग गर्ने ।

– हरेक महिना दाँत माझ्ने ब्रस परिवर्तन गर्ने ।

– हरेक ६ महिनामा एक पटक दाँतको चेकअप गराउने ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ७ : २३ बजे

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको

भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग

कञ्चनपुर – कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले भोटेकोशी बाढीपीडितका लागि रु

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ