राप्रपा महाधिवेशन : अध्यक्षमा कमल थापाको उम्मेदवारी घोषणा « Khabarhub

राप्रपा महाधिवेशन : अध्यक्षमा कमल थापाको उम्मेदवारी घोषणा


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् ।

सोमबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी थापाले फेरि अध्यक्षमा उठ्ने घोषणा गरेका हुन् । उनले घोषणा कार्यक्रममा राप्रपाका पुराना नेताहरू लोकेन्द्रबहादुर चन्द, विश्वबन्धु थापा, कृष्णचरण श्रेष्ठ, हेमबहादुर मल्ल, चन्द्रबहादुर गुरुङजस्ता नेताहरुको नाम स्मरण गरेका थिए ।

उनले अबको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने बताए । जीवनको अन्तिम समयसम्म पनि एकढिक्का राप्रपाका लागि आफू लागिरहने र गर्नुपर्ने धेरै र अधुरा काम छाडेर आफू पलायन नहुने उनले घोषणा गरे ।

‘एकताको महाधिवेशन हो यो । नाम मात्रको होइन, मन, वचन र एकताको महाधिवेशन हुनुपर्छ । एकताको सन्देश दिनुपर्छ । राष्ट्रवादी नेपालीले उत्सुकतापूर्वक हेरिरहेका छन् । महाधिवेशनपछि पार्टी फुट्ने नियतिले गर्दा त्यो टुटफुटको शृंखला नदोहोरियोस् भन्ने छ । कामना गरिरहेका छन्,’ थापाले भने, ‘सम्पूर्ण महाधिवेशन प्रतिनिधिमा फर्केर घर जाँदा राप्रपालाई कहिल्यै फुट्न नदिने संकल्प गर्नुपर्छ ।’

राप्रपा अध्यक्षका लागि यसअघि राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन् । राप्रपामा पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी पनि अध्यक्षका दाबेदार छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  २ : १९ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ