शेयर बजार आज पनि ओरालो « Khabarhub

शेयर बजार आज पनि ओरालो


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ ।

आइतबार उच्च अङ्कले ओरालो लागेको नेप्से आज केही थामिए जस्तो भए पनि कारोबार बन्द हुँदासम्म २१.४८ अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २१.४८ अङ्कले घटेर दुई हजार ६३०.०१ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६ अङ्कले घटेर ४९५.४५ मा सीमित भएको छ । नेप्से परिसूचक ओरालो लागे जस्तै कारोबार रकम पनि रु चार अर्बमा सीमित भएको छ । कूल २२८ कम्पनीको ८२ लाख २५ हजार ८२२ कित्ता शेयर रु चार अर्ब ८९ लाख ३७ हजार १३३ मूल्यमा खरिद बिक्री भए ।

सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३६ खर्ब ९२ अर्ब ७१ करोड ३० लाख ९० हजारको हाराहारीमा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर उकालो लाग्दा ११ उपसमूहको शेयर भने ओरालो लागेको छ । जलविद्युत् ०.५९ र सामूहिक लगानी कोष ०.०२ अङ्कले बढेको छ । बैंकिङ १०.८९, व्यापार ५.९४, होटल तथा पर्यटन ७३।३, विकास बैंक ६७.४४, वित्त ३१.९२, निर्जीवन बीमा ६७.८३, उत्पादन ६१.९५, अन्य ४१.१३, लघुवित्त ४०.८३, जीवन बीमा ११७.०४ र लगानी ०.६४ अङ्कले ओरालो लागेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ६१ करोड चार लाख ७५ हजार ३४० बराबरको कारोबार भयो । नेशनल हाइड्रोपावर रु १५ करोड १२ लाख तीन हजार ४४६, आइसिएफसी फाइनान्स रु १२ करोड ४९ लाख ४७ हजार ४१८, नेपाल दूरसञ्चार कम्पनी रु नौ करोड ९५ लाख ४५ हजार ४४५ र नबिल बैंक रु नौ करोड १४ लाख ९९ हजार ९०६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

कारोबारका आधारमा न्यादी हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाए । सामालिङ पावर ९.९८, सानिमा लार्ज क्याप ४.२८, कालिका पावर कम्पनी ३.६७ र स्वाभिमान लघुवित्तका लगानीकर्ताले ३.५९ प्रतिशतले कमाए । त्यस्तै, आइसिएफसी फाइनान्स १०, चन्द्रागिरी हिल्स ५.२०, महालक्ष्मी विकास बैंक ५, मानुषी लघुवित्त ४.६८ र उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ३.९६ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ८ : ५० बजे

यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व सङ्कलन

कैलाली– यातायात व्यवस्था कार्यालय, धनगढीले गत आर्थिक वर्ष २०८२/०८३ मा

आजको कार्टुन : ‘सिंहदरबार’ कि ‘शेर दरबार’ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापित शेरबहादुर देउवा

एसिसी प्रिमियर कपको नयाँ तालिका सार्वजनिक: नेपालले भदौ १५ मा बहराइनसँग खेल्ने

काठमाडौँ – एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले प्रिमियर कपको नयाँ

देउवा आउने भएपछि विमानस्थलको सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेपाल फर्किने भएपछि विमानस्थलमा

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

काठमाडौं– कुमारी बैंक लिमिटेडको गढवा शाखाले परिवार सुरक्षा बचत खाता