ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, एक घाइते | Khabarhub Khabarhub

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, एक घाइते


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– कालीगण्डकी करिडोर बागलुङ–कुश्मीसेरा खण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक बालक घाइते भएका छन् ।

बागलुङ नगरपालिका–१४ नारायणस्थानको कैयाबाट सरंगीको लागि छुटेको ध१च ३६० नम्बरको ट्याक्टर करिडोरको बलेवा कुश्मीसेरा खण्डको ठेउघरको भीरबाट तल खस्दा दुई युवाको मृत्यु भएको हो । मृतकको पहिचान खुल्न सकेको छैन ।

दुर्घटनामा परी जैमिनी नगरपालिका–१ भण्डारा बस्ने शिव केसीको छोरा १२ वर्षीय सुदिप केसी घाइते भएका छन् । केसीलाई उपचारको लागि पर्वत अस्पताल कुश्मा लगिएको स्थानीय भरत शर्मा पौडेलले जानकारी दिए । ट्याक्टरमा चालकसहित चार जना सवारी थिए । चालक बागलुङ नगरपालिका(१३ पाउजा बस्ने अन्दाजी २५ वर्षीय विष्णु क्षेत्री फरार रहेको प्रहरीले जनाएको छ ।

शव भीरको अफ्ठ्यारो ठाउँमा अड्किएको हुँदा निकाल्न र पहिचान गर्न कठिन भएको छ । इलाका प्रहरी कार्यालय बलेवाको टोलीले शव निकाल्न नसकेपछि जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थल लागेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १० : ५८ बजे

आईपीएलका बाँकी खेल जेठ ३ देखि सुरु हुने

काठमाडौं– इन्डियिन प्रिमियर लिग (आईपीएल)का स्थगित भएका बाँकी खेलहरू आगामी

संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल गरिने

काठमाडौं– संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज

यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका र चीनको सहमतिले युरोपको शेयर बजार सकारात्मक 

जुरिच– अमेरिका र चीनबीच ‘ट्यारिफ’ (भन्सार ) शुल्क समायोजन गर्ने  सहमति

हमासले अपहरण गरेका इजरायली–अमेरिकी नागरिक अलेक्जेन्डर १९ महिनापछि रिहा

जेरुसेलम– हमासले अपहरण गरेको १९ महिनापछि इजरायली–अमेरिकी नागरिक एडन अलेक्जेन्डर