रेड पाण्डाको छालासहित ४ जना पक्राउ « Khabarhub

रेड पाण्डाको छालासहित ४ जना पक्राउ


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अति दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित काठमाडौँबाट ४ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले ३० लाख रुपैयाँमा सो छाला बेच्ने तयारी भइरहेका बेला काठमाडौँको बसन्ुधरास्थित मयुर क्याफेबाट मंगलबार पक्राउ गरेको हो ।

प्रहरीले धादिङको गंगाजमुना गाउँपालिका भई काठमाडौँ बस्दै आएका ३९ वर्षीय निरबहादुर घले, सिन्धुपाल्चोकको चौतारा घर भई काठमाडौँ बस्दै आएका २५ वर्षीय सुरेश गिरी, नुवाकोटको शिवपुरी गाउँपालिका घर भई काठमाडौँ बस्दै आएका ३१ वर्षीय कृष्णबहादुर तामाङ र ओखलढुंगाको मानेभञ्ज्यांग घर भई काठमाडौँ बस्दै आएका २९ वर्षीय मोहनकर्ण कार्कीलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट ४ थान रेड पाण्डाको छाला र मोबाइल बरामद गरेको छ । तस्करबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ४ : ४४ बजे

भियतनाममा कम्युनिस्ट पार्टीको राष्ट्रिय काङ्ग्रेस सुरु

हनोई– भियतनामको सबैभन्दा महत्वपूर्ण राजनीतिक मञ्च, सत्तारूढ कम्युनिस्ट पार्टीको राष्ट्रिय

मधेशी मतदातामध्ये ६० प्रतिशत मत घण्टीमा खस्नेछ : उपसभापति वाग्ले

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले मधेश प्रदेशबाट

नेकपाले कसलाई कहाँबाट दियो टिकट ? (सूचीसहित)

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी नेकपाले आगामी फागुन २१ गते हुने

लुम्बिनी प्रदेशसभा बनियाँले दिए राजीनामा

देवदह– लुम्बिनी प्रदेशसभा सदस्य कन्हैया बनियाँले पदबाट राजीनामा दिएका छन्

बालेनलाई प्रधानमन्त्री बनाएर पठाएमा आन्दोलन सफल हुन्छ : अमरेशकुमार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमरेशकुमार सिंहले बालेन्द्र साह ‘बालेन’