राजा वीरेन्द्रले भारतका ६ शर्त मानेको भए राजतन्त्र रहिरन्थ्यो : लिङ्देन (भिडियो) « Khabarhub

राजा वीरेन्द्रले भारतका ६ शर्त मानेको भए राजतन्त्र रहिरन्थ्यो : लिङ्देन (भिडियो)


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले तत्कालीन भारतको संस्थापनले राजा वीरेन्द्र सामु राखेको ६ बुँदे शर्तहरु नमानेकाले राजतन्त्र फालिएको टिप्पणी गरेका छन् ।

राजा वीरेन्द्रको जन्मजयन्तीको अवसरमा नेपाल प्राज्ञिक परिषद्ले बुधबार काठमाडौँमा आयोजना गरेको बिचार गोष्टीमा लिङदेनले राजा विरेन्द्रले भारतको शर्त मानेको भए अहिले नाममात्रैको भए पनि राजसंस्था रहिरहने र वीरेन्द्र पनि मारिनुपर्ने परिस्थिति पनि नआउने दाबी गरे। नेपालमा भारतले नाकाबन्दी लगाउँदा ६ बुँदे शर्त राखेको तर, तत्कालीन राजा वीरेन्द्रले बरु देशकै जनता (दल)सँग सम्झौता गर्ने अडान लिएको उनले बताए।

लिङदेनले सक्रिय राजसंस्थाका बेला भएका गतिविधिहरु आफ्नो जीवनमा प्रेरणादायी रहेको धारणा राखे। २०३२ सालमा सिक्किममा राजसंस्थाको अन्त्य भएपछि भारतसंग बिलय गराएको भन्दै उनले नेपालमा पनि राजसंस्थाको महत्व कायमै रहेको जिकिर गरे।

उनले कुनै राजनीतिक दलको नेताभन्दा राजा नै देशभक्त हुने उल्लेख गरे ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ५ : ०७ बजे

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

सडक मर्मत गर्दै रसुवा पुग्यो बागमती सरकारको राहत, तीन गाडीमा खाद्यान्न ढुवानी

काठमाडौं– बाढी र पहिरोका कारण सडक सम्पर्क विच्छेद भएको रसुवाको

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,