राजा वीरेन्द्रले भारतका ६ शर्त मानेको भए राजतन्त्र रहिरन्थ्यो : लिङ्देन (भिडियो) « Khabarhub

राजा वीरेन्द्रले भारतका ६ शर्त मानेको भए राजतन्त्र रहिरन्थ्यो : लिङ्देन (भिडियो)


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले तत्कालीन भारतको संस्थापनले राजा वीरेन्द्र सामु राखेको ६ बुँदे शर्तहरु नमानेकाले राजतन्त्र फालिएको टिप्पणी गरेका छन् ।

राजा वीरेन्द्रको जन्मजयन्तीको अवसरमा नेपाल प्राज्ञिक परिषद्ले बुधबार काठमाडौँमा आयोजना गरेको बिचार गोष्टीमा लिङदेनले राजा विरेन्द्रले भारतको शर्त मानेको भए अहिले नाममात्रैको भए पनि राजसंस्था रहिरहने र वीरेन्द्र पनि मारिनुपर्ने परिस्थिति पनि नआउने दाबी गरे। नेपालमा भारतले नाकाबन्दी लगाउँदा ६ बुँदे शर्त राखेको तर, तत्कालीन राजा वीरेन्द्रले बरु देशकै जनता (दल)सँग सम्झौता गर्ने अडान लिएको उनले बताए।

लिङदेनले सक्रिय राजसंस्थाका बेला भएका गतिविधिहरु आफ्नो जीवनमा प्रेरणादायी रहेको धारणा राखे। २०३२ सालमा सिक्किममा राजसंस्थाको अन्त्य भएपछि भारतसंग बिलय गराएको भन्दै उनले नेपालमा पनि राजसंस्थाको महत्व कायमै रहेको जिकिर गरे।

उनले कुनै राजनीतिक दलको नेताभन्दा राजा नै देशभक्त हुने उल्लेख गरे ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ५ : ०७ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको