पर्यटन बोर्डका सीईओ रेग्मीलाई निलम्बन नगर्न अल्पकालीन अन्तरिम आदेश « Khabarhub

पर्यटन बोर्डका सीईओ रेग्मीलाई निलम्बन नगर्न अल्पकालीन अन्तरिम आदेश


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीलाई निलम्बन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले बुधबार अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

विदेशबाट आउँदा मदिरा ल्याएको विषयमा रेग्मीले त्रिभुवन विमानस्थलका कर्मचारीसँग झगडा गरेको विषयमा नेपाल पर्यटन बोर्डले सीईओ रेग्मीमाथि छानबिन गर्न उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । बोर्डको ऐनअनुसार छानबिन समिति गठनसँगै रेग्मी स्वतः निलम्बन भएका थिए ।

सर्वोच्चले रेग्मीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै दुवै पक्षलाई माघ ३ गते छलफलका लागि बोलाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ५ : २१ बजे

मुक्तिनाथमा दर्शनार्थी खचाखच

मुस्ताङ– हिन्दू तथा बौद्धधर्मालम्बीहरूको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौं– पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा भारी

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति थापा

पाटन– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू नेतृत्वको

महाकाली नदीमा डुबेर एक जनाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चाँदनीमा महाकाली नदीमा डुबेर आज एक जनाको