हिँड्नुको मज्जा « Khabarhub

हिँड्नुको मज्जा


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाडो महिना खास उत्साहप्रद हुँदैन । जाडोमा हिँड्डुल गर्ने ठाउँ नहुँदा उत्साह हुँदैन । अझ यो महामारीको समयमा बिहान हिँड्नु त गतव्यहीन हिँडाइ जस्तो हुनसक्छ ।

अर्को दृष्टिकोणले हेर्ने हो भने हिँड्दा शारीरिक व्यायाम हुन्छ जसका कारण मौसमी रोगबाट हामी जोगिन्छौँ । हाम्रो मानसिक र शारीरिक स्वास्थ्य पनि राम्रो हुन्छ । त्यसैले बिहानको समयमा मात्रै होइन, मिलेसम्म दिउँसो पनि बाहिर हिँड्नुपर्छ । यसले हाम्रो शरीरको आन्तरिक चाल सशक्त बनाउँछ जसले गर्दा पर्याप्त निद्रा आउँछ । यसले हामीलाई चनाखो पनि बनाउँछ । हिँड्दा हाम्रो शरीरको तापक्रम बढ्छ, जसले घरभित्र आउँदा हामीमा सकारात्मक सोच सञ्चार गराउँछ ।

यति कुराले मात्रै तपाईंलाई जाडोको समयमा हिँड्न ऊर्जा दिँदैन भने तपाईँलाई आकर्षित गर्ने अन्य तरिका पनि छन् ।

सानो लक्ष्य लिनुहोस्

यहाँसम्म कि ‘द माइन्डफुल वाकर’ का लेखक एलेक्स स्ट्राँसलाई पनि जाडोयाममा हिँड्न आफूले आफैँलाई उत्साह दिनुपर्ने स्थिति थियो । उनी भन्छिन्, ‘कहिलेकाहीँ बिहान उठ्न आफैँलाई प्रेरणा दिन मानसिक खेल खेल्नुपर्छ । जाडोको समयमा बाहिर हुस्सु लागेको छ र तपाईंलाई बाहिर जान मन लागेको छैन भने ४० मिनेट हिँड्न जान्छु भनेर होइन पाँच मिनेट हिँडेर आउँछु भनेर आफूलाई तयार गर्न सकिन्छ ।’ यो कुरा तपाईंको दिमागले पनि प्रतिरोध गर्न सक्दैन । एकचोटी बाहिर निस्किसकेपछि तपाईंको हिँडाइ पाँच मिनेटभन्दा लामो नै हुन्छ ।

जाडोयामका चरा हेर्नुहोस्

‘जाडोयाममा कोही पनि बाहिर निस्किँदैनन् भनेर सोच्नु भ्रम हो’ भन्छिन् द स्प्रिङवाच कार्यक्रमकी प्रस्तोता मेगा मैकुविन, जो जनवरी १९ बाट बीबीसी टु मा आफ्नो नयाँ कार्यक्रम लिएर आएकी छन् ।

उनी जाडोका बाबजुद चराहरूले एक ठाउँबाट अर्को ठाउँको यात्रा यही याममा गर्ने बताउँछिन् । चराहरूले आकाशमा गर्ने हर्कत हेर्न रमाइलो हुने उनको भनाइ छ ।

माइन्डफुल वाकिङ

एलेक्स स्ट्राँसका अनुसार ‘माइन्डफुल वाकिङ’ भन्नाले हिँड्दा शरीरको आन्तरिक र बाह्य अवस्थाको विषयमा ध्यान केन्द्रित गर्नु हो । यसरी मनन गरेर हामीलाई दीर्घकालीन फाइदा हुन्छ । माइन्डफुल वाकिङले हाम्रो मुटुको चाल घटाउन सहयोग गर्छ, हामीभित्रको रिस र नैराश्य कम गर्न सहयोग गर्छ । यसरी व्यायाम गर्दा फाइदाजनक हुन्छ ।

यहाँ माइन्डफुल कसरी हुन्छ भन्ने प्रश्न आउँन सक्छ । हिँड्दा आफ्नो पदचाप सुन्न सकिन्छ । म चार कदम हिँड्दा श्वास लिन्छु, चार कदमपछि श्वास रोक्छु र चारै कदमपछि श्वास छोड्छु । यसका लागि एकाग्रता हुन आवश्यक हुन्छ । यसले हाम्रो दिमागमा भएको अनावश्यक सोच कम गर्छ र वर्तमानमा जिउन सहयोग पुर्‍याउँछ ।

आफूलाई एउटा उद्देश्य दिनुहोस्

माइन्डफुल वाकिङको अभ्यास गर्न जाडोयामको हिँडाइ आश्र्चयजनक हिसाबमा राम्रो हुन्छ भन्छिन् स्ट्राँस । उनी भन्छिन्, ‘प्राकृतिक संसार आंशिकरूपमा सुस्त छ भन्ने तथ्यले हामीलाई हाम्रो ध्यान अझ भित्रतिर केन्द्रित गर्न प्रेरित गर्छ ।’

भित्रैबाट शान्त भएपछि तपाईंले परिवर्तन गर्न सक्ने पाँच कुरा सोच्नुहोस् । सुन्न सक्ने, महसुस गर्न सक्ने, सुँघ्न सक्ने र स्वाद लिन सक्ने । यो आफ्ना सबै इन्द्रिय केन्द्रीकृत गर्ने तरिका हो ।

‘माइन्डफुलनेस्’ अभ्यास गर्न यो उत्तम याम हो । भित्रैबाट शान्त भएपछि तपाईंले परिवर्तन गर्नसक्ने पाँच कुरा सोच्नुहोस् । सुन्न सक्ने चार कुरा सोच्नुहोस् । महसुस गर्न सक्ने तीन कुरा सोच्नुहोस् । सुँघ्न सक्ने दुई कुरा सोच्नुहोस् र स्वाद लिन सक्ने एउटा कुरा । यो आफ्ना सबै इन्द्रियलाई केन्द्रीकृत गर्ने तरिका हो ।

स्याल खोज्नुहोस्

मैकुविनका अनुसार जाडो याम स्याल अत्यन्तै सक्रिय रहने समय हो । यो समयमा उनीहरूले धेरै खाना खोज्ने प्रयास गर्छन् । फेब्रुअरीको प्रजनन् समयअघि भाले स्यालले पोथी स्यालको खोजी गर्ने समय पनि यही हो । यदि तपाईँलाई आफू बसेको स्थानमा स्याल कहाँ छ भनेर थाहा छ भने टाढैबाट उसको क्रियाकलाप हेर्नुहोस् र बुझ्ने प्रयास गर्नुहोस् । जाडोयाममा स्याल सुतेर समय बिताउँछ भनेर सोच्नु भ्रम हो ।

जनावरको पदचाप पछ्याउनुहोस्

जाडोको समयमा माटो गिलो हुन्छ । जसले गर्दा माटोमा जनावरका पदचिह्न देखिन सक्छन् । यो याम आफू वरिपरि कुन कुन जनवार बस्छन् भनेर पत्ता लगाउने उत्तम समय हो । बच्चाहरू यस्तो काममा उत्साहित हुने हुँदा उनीहरूलाई पनि यसमा संलग्न गराउन सकिन्छ ।

साथीलाई फोन गर्नुहोस्

दैनिकको भागदौड र अहिलेको महामारीका कारण हामीले साथीभाइलाई प्रत्यक्ष भेट्न नपाएका हुनसक्छौँ । प्रत्यक्ष भेटेर लामो गफ गर्न समय अभाव पनि हुन सक्छ । यदि तपाईंको साथी एउटै कार्यालयमा काम गर्ने छ भने पनि कामको बोझका कारण कार्यालय समयमा धेरै गफ गर्ने विषय पनि नहुन सक्छ । सँगै हिँड्नु हुन्छ भने तपाईंहरूबीच भन्न र सुन्न धेरै कुरा हुन सक्छन् ।

समस्या हल गर्नुहोस्

शेन ओेमेरा, न्यूरोसाइन्टिस र ‘प्रेज अफ वाकिङ’ का लेखकले एक चोटी मलाई हिँड्नुको फाइदा बताएकी थिइन् । उनले हिँड्दा हाम्रो दिमाग चुस्त हुने र त्यसक्रममा दिमागलाई आवश्यक पर्ने रसायन उत्पादन हुने सुनाएकी थिइन् ।

त्यसैले दैनिक हिँड्नु तपाईंको कामको योजना बनाउन फाइदाजनक हुन्छ । समस्या समाधानमा आवश्यक सोच उत्पादनका लागि पनि हिँड्नु फाइदाजनक सिद्ध हुनसक्छ ।

आफ्नो बाटो उल्टो हिँड्नुहोस्

म मान्छेहरू एउटै बाटो बारम्बार किन हिँड्छन् भनेर बुझ्नै सक्दिनँ । बस स्टेशन र रेल स्टेशन जानुबाहेक अन्य कामका लागि एउटै बाटो बारम्बार हिँड्न आवश्यक छैन । लकडाउनका समयमा हिँड्नुको एउटा काइदा भनेको एउटै बाटो निरन्तर हिँड्न नपर्नु पनि हो ।

किनभने, हामी अहिले गन्तव्यहीन बाटोमा हिँड्न सक्छौँ, समयको पावन्दी छैन अहिलेको हिँडाइमा । जसरी एउटै काम फरक तरिकाले गर्न सकिन्छ, त्यसरी नै एउटै गन्तव्यका लागि फरक बाटो पनि प्रयोग गर्न सकिन्छ ।

सहयोग जुटाउनुहोस्

अप्रिलको लकडाउनमा आफ्नो सयौँ जन्मदिनको अवसरमा क्याप्टेन टम मूरले आफ्नो बगैँचामा हिँड्ने क्रममा एनएचएसका लागि एक लाख अमेरिकी डलर संकलन गरे । तपाईं हामीले पनि सहयोग गर्न इच्छा भएको क्षेत्रमा यस्तै केही गर्न सक्छौँ ।

(एमी फ्लेमिङ द गार्डिअनकी पूर्व पत्रकार हुन् । जनवरी १८, २०२१ मा द गार्डिअनमा प्रकाशित उनको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ८ : ०५ बजे

जलजलाको सम्भावना उल्झाउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी– प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको सम्भावना

‘ककरोच जनता पार्टी’ लाई काउन्टर दिन ‘ओगी जनता पार्टी’

काठमाडौं- भारतमा भाइरल भइरहेकाे ककरोच जनता पार्टीलाई काउन्टर दिन ओगी

मुस्ताङको लोमन्थाङ गाउँपालिकामा कर सेवा सुरु

मुस्ताङ– उपल्लो मुस्ताङस्थित लोमन्थाङ गाउँपालिकामा कर सेवा सुरु गरिएको छ

विश्वका सबैभन्दा तातो ७० सहर भारतमै, महाराष्ट्रको ब्रह्मपुरीमा लगातार दोस्रो दिन सबैभन्दा गर्मी

नयाँदिल्ली– विश्वका सबैभन्दा तातो ७० सहरमध्ये सबै भारतका रहेका छन्।

निकुञ्जका वन्यजन्तुलाई नहरको पानी

चितवन– निकुञ्ज र बरण्डाभार क्षेत्रमा रहेका वन्यजन्तुलाई आवश्यक पानीका लागि