दुई दिनदेखिको डढेलो नियन्त्रणबाहिर « Khabarhub

दुई दिनदेखिको डढेलो नियन्त्रणबाहिर


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ- गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै मनाङको नासो गाउँपालिका रहेका जङ्गलमा आगो बलिरहेको छ ।

मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन ।

रातदिन नभनी भोकभोकै स्थानीय आगो निभाउन सक्रिय भए पनि डढेलो नियन्त्रणमा नआएको नासो गाउँपालिका-८ का अध्यक्ष हुपजङ्ग गुरूले बताए ।

‘जिल्लामा उपलब्ध सबै स्रोतसाधनको प्रयोग भइसक्यो तर आगो नियन्त्रणमा भएन’, नासो गाउँपालिका–८ ताचैका वडाध्यक्ष गुरुङले भने ।

चारैतिर अग्ला डाँडाकाँडा अनि बीचमा रहेको बस्ती ताचै हो । यहाँ जम्मा ६३ घरधुरी छन् ।

तिल्चेबाट आगोले बाटो परिवर्तन गरी अचम्म लाग्ने गरी खोला नाघेर गाउँको इलाका प्रवेश गरेको स्थानीय युवा यज्ञ घलेले बताए ।

तीव्र वेगमा हावा चलेकाले आगो नियन्त्रणमा लिन कठिन भएको उनको भनाइ छ । उनले जिल्लास्थित सबै सुरक्षा निकाय तथा स्थानीय बूढाबूढी, केटाकेटी सबै मिलेर अग्नि रेखा बनाउन सफल भएको बताउँदै भने, ‘पाइपको व्यवस्था गरेर बाल्टीमा पानी भरी आगो निभाउने प्रयासमा छौँ ।’

रात परेकाले घर जाने कि वनमै बस्ने केही निर्णय गर्न नसकेको उनको भनाइ छ । ‘घर जाऊँ आगोले बस्ती नै सिध्याउला भन्ने डर, नजाऔँ दुई दिनदेखिको भोक प्यासले हैरान पार्‍यो’, घलेले भने, ‘गाउँ कुइरीमण्डल छ, सास फेर्न गाह्रो भइरहेको छ ।’

अर्का स्थानीय रोशन गुरुङले आगो नियन्त्रणमा अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) ले चासो नदिएको गुनासो गरे । आगोले एक्याप क्षेत्रको दुई हजार हेक्टर जङ्गल सखाप पारेको छ ।

जङ्गल जलेपछि घोरल मृग दौडिएको स्थानीयले बताएका छन् । अहिले आगो मनास्लु पदमार्गतर्फ गोवा भन्ने ठाउँमा बलिरहेको वडा ७ तिल्चेका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए ।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले आगो लगाउने व्यक्तिको खोजी गरी कारवाही गरिने बताए ।

ल्लाका विभिन्न ठाउँमा आगलागीका घटना भइरहेकाले जिल्लाका सबै संयन्त्र परिचालन गर्दागर्दै पनि नियन्त्रणमा लिन कठिनाइ भएको उनको भनाइ छ ।- रासस ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ९ : ५० बजे

आईपीएल: डी ककको शतक छायामा, मुम्बईलाई ७ विकेटले हराउँदै पञ्जाब शीर्ष स्थानमा

मुम्बई– ओपनर प्रभसिमरन सिंह र कप्तान श्रेयस ऐरको उत्कृष्ट ब्याटिङको

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार० का लागि विदेशी मुद्राको

आज आमाको मुख हेर्ने दिन : मातातीर्थमा श्रद्धालुको घुइँचो

काठमाडौँ– प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन मनाइने ‘आमाको

१८ वर्षपछि फेसबुकले जुराएको पुनर्मिलन : छोरा जीवितै रहेको खबरले परिवारमा खुसीयाली

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ का डम्बरबहादुर नेगीको परिवारमा १८ वर्षपछि खुसी

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – आज २०८३ साल वैशाख ४ गते शुक्रबार ।