प्रधानमन्त्रीको सिटी हल र ६ लेन सडक शिलान्यास कार्यक्रम भरतपुर महानगरले बहिष्कार गर्ने « Khabarhub

प्रधानमन्त्रीको सिटी हल र ६ लेन सडक शिलान्यास कार्यक्रम भरतपुर महानगरले बहिष्कार गर्ने


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको भरतपुरमा निर्माणधीन सिटी हल र ६ लेन सडकखण्डको शिलान्यास कार्यक्रम भरतपुर महानगरले बहिष्कार गर्ने भएको छ ।

महानगरले शुक्रबार पत्रकार सम्मेलन गरी शिलान्यास कार्यक्रम बहिष्कार गर्ने जानकारी गराएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिटी हल र ६ लेन सडकखण्ड शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

आफूहरुको समन्वय बिनानै शिलान्यास कार्यक्रम राखिएको भन्दै कार्यक्रम बहिष्कार गरिएको महानगर प्रमुख रेनु दाहालले बताइन् । ‘हामीलाई कार्यक्रमबारे निमन्त्रणा पनि छैन, समन्वय पनि गरिएको छैन, महानगर कार्यक्रममा सहभागि पनि हुँदैन’, पत्रकार सम्मेलनमा प्रमुख दाहालले भनिन् ।

प्रमुख दाहालले ती दुई परियोजनालाई यसअघि नै शिलान्यासको लागि पटक–पटक संघीय सरकारलाई आग्रह गर्दा पनि बेवास्ता गरिएको भन्दै अहिले जस लिनका लागि देखावटी काम भइरहेको आरोप लगाइन् । ‘पटक–पटक आग्रह गर्दा कसैले टेरेनन्, अहिले काम चलाउ सरकारले शिलान्यास गर्दै हिड्नुको उद्देश्य के हो ? राज्यको साधन स्रोतको दुरुपयोग भइरहेको छ ।’

संघीय सरकारको बजेटमा भरतपुर महानगरपालिकाको स्वामित्वमा रहने गरी भरतपुर–१० स्थित जिल्ला समन्वय समितिको पछाडी ४ विगाहा ४ कठ्ठा क्षेत्रफलमा सुविधा सम्पन्न सभाहल (सिटी हल) निर्माण भइरहेको छ ।

२०७५ पुस १७ गते भरतपुर महानगरपालिकाको नाममा उक्त जग्गाको लालपूर्जा प्राप्त भएपछि सिटीहल निर्माणको प्रक्रिया अघि बढेको हो । यस्तै गोद्राङ्ग –नारायणगढ ६ लेन सडक निर्माणको काम पनि अहिले धमाधम भइरहेको छ ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  १२ : ३१ बजे

कोमोरोसमा डुङ्गा दुर्घटना : १७ आप्रवासीको मृत्यु, ४ बेपत्ता

एजेन्सी– कोमोरोसको समुद्री तट नजिकै डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

सरकार गठनको तयारीमा जुटे रास्वपाका शीर्ष नेता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका चार शीर्ष नेताले सरकार गठनबारे आन्तरिक

जनताले ठूलो भारी बोकाउनुभएको छ, दायाँबायाँ गर्ने छुट रास्वपालाई छैन : विपिन आचार्य

काठमाडौं- विपिन आचार्य स्थापनाकालदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध छन्