लड प्यालेसमा गुञ्जिए नविन, मिलन र राजन « Khabarhub

लड प्यालेसमा गुञ्जिए नविन, मिलन र राजन


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायिका मिलन नेवार र गायकद्वय नविन पौडेल तथा राजनराज सिवाकोटी काठमाडौंको टोखास्थित लड प्यालेस ब्याङ्केटमा गुञ्जिएका छन् । ब्याङ्केट उद्घाटनमा आयोजित विशेष सांगीतिक कार्यक्रममा उनीहरुले गीत संगीतको प्रस्तुति मार्फत दर्शक नचाए ।

कार्यक्रममा गायक पौडेलले ‘लेउ खुकुरी लेउ’, ‘बुलाकी लाउने, झुम्का लाउने’ बोलको गीत गाउदा गायिका नेवारले ‘जहिले सम्म’, ‘सिरिमा सिरि हावा’ लगायत करिब आधा दर्जन गीत सुनाइन् ।

गायक तथा संगीतकार राजनराज सिवाकोटीले ‘चेप्टे चेप्टे पेरुङ्गा’, ‘सुर्के थैली’, ‘कुटुमा कुटु’, ‘टाकन टुकुन टाक्क’, ‘गोजीमा दाम छैन’ लगायत आधा दर्जन बढी गीतसंगीत पस्केका थिए ।

कलाकार सुवास खड्काले सञ्चालनमा ल्याएको लड प्यालेस ब्याङ्केट शुक्रबार नै उद्घाटन भएको थियो । टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले शुभारम्भ गरेका थिए ।

सुवासका अनुसार ब्याङ्केटमा फोटो तथा भिडियो, म्युजिक सिस्टम, ब्युटिसियन, व्यावसायिक इभेन्ट म्यानेजमेन्टका लगायत थुप्रै सुविधा छन् । थुपै्र म्युजिक भिडियो तथा फिल्ममा समेत अभिनय गरेका सुवासले ब्यवसायमा पनि आफुलाई सक्रिय राख्दै आएका छन् ।

कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, कलाकार कृष्ण मल्ल, मदनदास श्रेष्ठ, अभिनेत्री रेजिना उप्रेती, हास्यकलाकार गोपाल ढकाल ‘छन्दे’, लोक तथा दोहोरी गायक चन्द्र शर्मालगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ३ : २० बजे

प्रधानन्यायाधीश शर्मालाई बारको ध्यानाकर्षण

काठमाडौं – प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासमक्ष नेपाल बार एशोसियशनले ३९

कृष्ण बिकको ‘ढल्की ढल्की’ सार्वजनिक

काठमाडौं – गायक कृष्ण बिक र गायिका दिपिका बायम्बुको स्वर

सरकारलाई गगन थापाका पाँच प्रश्न : नागरिकको जनजीविकामा गम्भीरता खै ?

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई पाँच प्रश्न

ओलीलाई सुब्बाले भने : एमाले कुनै व्यक्तिको निजी कम्पनी होइन

काठमाडौं – नेकपा एमालेभित्र नेतृत्वबारे गम्भीर बहस चर्किएको छ। पार्टीको

पृथ्वी र विष्णुको कुरा सुनेर केपी ओली ट्वाँ

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष केपी ओलीलाई दरिलो