माइतिघरमा आज पनि नागरिक समाजको प्रदर्शन | Khabarhub Khabarhub

माइतिघरमा आज पनि नागरिक समाजको प्रदर्शन


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनको विरोधमा शनिबार पनि नागरिक समाजले काठमाडौँमा शान्तिपूर्ण प्रदर्शन गरेको छ ।

शनिबार काठमाडौंको माइतिघरमा बिभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागीतामा संसद बिघटनको विरोधमा विरोध प्रदर्शन गरिएको हो ।

‘प्रतिनिधिसभा विघटनविरुद्ध अहिंसात्मक नागरिक प्रदर्शन भन्दै गरिएको विरोधमा डा गोविन्द केसी, पूर्वप्रहरी डीआईजी रमेश खरेललगायतका व्यक्ति सहभागी भएका थिए ।

सहभागीहरुले ‘नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ, संवैधानिक सर्वोच्चता कायम गर, कानुनविरुद्धको षड्यन्त्र बन्द गर’ लगायत नाराअंकित प्लाकार्ड बोकेर सरकारको विरोध गरेका थिए ।

माइतिघरबाट सुरू विरोध प्रदर्शन नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो, सभामा डा गोविन्द केसीले प्रधानमन्त्री ओली तानाशाहको बाटोमा अघि बढेको आरोप लगाए । मुलुकमा हत्या हिंसा, भ्रष्टचार, अनियमिता बढ्दै गए पनि सरकार भने मौन रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेपछि नागरिकस्तरमा लगातार प्रदर्शनका कार्यक्रमहरु भइरहेका छन् ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  २ : ५४ बजे

इलाम अपडेट : एमाले– १०४१९, कांग्रेस– ७०६२, मतान्तर– ३३५७

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक