माइतिघरमा आज पनि नागरिक समाजको प्रदर्शन « Khabarhub

माइतिघरमा आज पनि नागरिक समाजको प्रदर्शन


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनको विरोधमा शनिबार पनि नागरिक समाजले काठमाडौँमा शान्तिपूर्ण प्रदर्शन गरेको छ ।

शनिबार काठमाडौंको माइतिघरमा बिभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागीतामा संसद बिघटनको विरोधमा विरोध प्रदर्शन गरिएको हो ।

‘प्रतिनिधिसभा विघटनविरुद्ध अहिंसात्मक नागरिक प्रदर्शन भन्दै गरिएको विरोधमा डा गोविन्द केसी, पूर्वप्रहरी डीआईजी रमेश खरेललगायतका व्यक्ति सहभागी भएका थिए ।

सहभागीहरुले ‘नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ, संवैधानिक सर्वोच्चता कायम गर, कानुनविरुद्धको षड्यन्त्र बन्द गर’ लगायत नाराअंकित प्लाकार्ड बोकेर सरकारको विरोध गरेका थिए ।

माइतिघरबाट सुरू विरोध प्रदर्शन नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो, सभामा डा गोविन्द केसीले प्रधानमन्त्री ओली तानाशाहको बाटोमा अघि बढेको आरोप लगाए । मुलुकमा हत्या हिंसा, भ्रष्टचार, अनियमिता बढ्दै गए पनि सरकार भने मौन रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेपछि नागरिकस्तरमा लगातार प्रदर्शनका कार्यक्रमहरु भइरहेका छन् ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  २ : ५४ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले