‘संविधानको हत्या’ गर्ने अधिकार कसैलाई छैन : डा केसी (भिडियोसहित) « Khabarhub

‘संविधानको हत्या’ गर्ने अधिकार कसैलाई छैन : डा केसी (भिडियोसहित)


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिकित्सक तथा नागरिक अभियन्ता डा. गोविन्द केसीले ‘संविधानको हत्या’ गर्ने अधिकार कसैलाई नभएको बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार काठमाडौंमा आयोजित ‘अहिंसात्मक नागरिक प्रदर्शन’ लाई सम्बोधन गर्दै डा. केसीले संविधानको हत्या गर्ने अधिकार कसैलाई नभएको बताएका हुन ।

उनले भने, ‘संविधानको हत्या गर्ने तानाशाहलाई सडकमा कसरी ल्याउनुपर्छ भन्ने कुरा जनतालाई राम्रोसँग थाहा छ ।’

हेरौँ भिडियो

आफूहरु कुनै पनि पार्टीको समर्थन र विरोधमा नभएर संविधानको रक्षार्थ आन्दोलनमा होमिएको बताए ।

देश र जनता समृद्धिको बाटोतिर अगाडि बढ्लान् भनेर झन्डै दुई तिहाई दिए पनि नेकपा र उ नेतृत्वको सरकारले काम गर्न नसकेको पनि डा. केसीको गुनासो थियो ।

उनले प्रधानमन्त्री ओलीले नागरिकका हक अधिकार खोस्ने काम गरेको समेत आरोप लगाए ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ८ : १३ बजे

माछापालनबाट मनग्य आम्दानी गर्दै कृषक चौधरी

कैलाली– यहाँको कैलारी गाउँपालिका-५ गोबरेलाका किसान सनोज चौधरीले माछापालन व्यवसायबाट

जब सुदन गुरुङले भीमसेन थापालाई ‘मतियार’ भने…

काठमाडौं- गत भदौ २३ गते माइती घरबाट जेन-जी आन्दोलन सुरू

फागुन पहिलो सातादेखि मतदाता शिक्षा कार्यक्रम

दमौली– फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

भारतमा निपाह बढ्दै गएपछि नेपालले जारी गर्‍यो आपतकालीन स्वास्थ्य निर्देशिका

काठमाडौं– भारतका केही राज्यमा निपाह भाइरसको संक्रमण बढ्दै जाँदा नेपालमा

रोहित शेट्टीको घरबाहिर मध्यरातमा चल्यो गोली

काठमाडौं– बलिउडका सफल फिल्म निर्देशक रोहित शेट्टीको मुम्बईस्थित घरबाहिर आइतबार