अयोध्यापुरीमा राम मन्दिर बनाउने काम सुरु भइसक्यो, अर्कोवर्ष ‘प्राणप्रतिष्ठा’ : ओली  « Khabarhub

अयोध्यापुरीमा राम मन्दिर बनाउने काम सुरु भइसक्यो, अर्कोवर्ष ‘प्राणप्रतिष्ठा’ : ओली 


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमिबारे फेरि कुरा उठाएका छन्।

शनिबार चितवनमा आयोजित जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (ओली) समूहका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले रामको जन्मभूमिमा राम मन्दिर निर्माणको काम शुरु भइसकेको बताएका हुन ।

ओलीले चितवनको अयोध्यापुरीमा राम मन्दिर बनाउने काम सुरु भइसकेको जानकारी गराउँदै अर्को वर्ष राम नवमीमा भव्यतापूर्वक प्राणप्रतिष्ठा गर्ने बताए ।

ओलीले अयोध्यापुरीमा राम मन्दिर बनाउने कुरा त्यहीँबाट निर्वाचित भएका सांसदले बोल्न नसक्नु दूर्भाग्यपूर्ण रहेको बताए।

प्रधानमन्त्री ओलीले अयोध्यापुरीमा राम मन्दिर बनाउने योजनाको ‘मास्टरप्लान’ तयार भइरहेको बताउँदै रामको ‘भव्य प्रतिमूर्ति’ तयार भइसकेको जानकारी गराए।

सीताको प्रतिमूर्ति बनिरहेको तथा अब लक्ष्मण र हनुमानको पनि बन्ने प्रधानमन्त्री ओलीले बताए।

अयोध्यापुरीमा राम मन्दिर बनिसकेपछि चितवन विश्वका हिन्दु, संस्कृतिविद्, पुरातत्त्वविद् तथा सभ्यताविद्हरूको गन्तव्य हुने प्रधानमन्त्री ओलीले अपेक्षा गरे।

धार्मिक पर्यटनको गन्तव्य बनाएर देशलाई समृद्धिको बाटोमा डोर्‍याउन पनि चितवन र अयोध्यापुरीको ठूलो योगदान हुने प्रधानमन्त्रीको भनाइ थियो ।

यसअघि प्रधानमन्त्री ओलीले भानु जयन्तीका दिन भगवान रामको जन्म नेपालमै भएको बताएका थिए।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ५ : ३७ बजे

जीवित आमालाई ढोग, दिवङ्गतलाई तर्पण

काठमाडौँ – नेपाली समाजमा आमालाई जीवनदायिनी, ममता र स्नेहकी प्रतिमूर्ति

आजको मौसम पूर्वानुमान : केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

काठमाडौँ – हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण

ट्रम्पको पहलमा लेबनानमा युद्धविराम : सीमावर्ती क्षेत्रमा भने अझै रकेट प्रहार

जेरुसेलम– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा लेबनानसँग भएको अप्रत्याशित युद्धविरामले

आईपीएल: डी ककको शतक छायामा, मुम्बईलाई ७ विकेटले हराउँदै पञ्जाब शीर्ष स्थानमा

मुम्बई– ओपनर प्रभसिमरन सिंह र कप्तान श्रेयस ऐरको उत्कृष्ट ब्याटिङको

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार० का लागि विदेशी मुद्राको