‘मिस एयर होस्टेज इन्टरनेसनल’ सुन्दरीहरु जुटे प्रशिक्षणमा « Khabarhub

‘मिस एयर होस्टेज इन्टरनेसनल’ सुन्दरीहरु जुटे प्रशिक्षणमा


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एयर होस्टेजहरुको क्षमता विस्तार तथा व्यक्तित्व विकासका लागि राजधानीमा ‘नाट—मिस एयर होस्टेज इन्टरनेसनल’को दोस्रो सिजन सुरु भएको छ ।

जसअन्तर्गत दोस्रो सिजनका लागि छनोट भएका सुन्दरीहरुले नाट कलेजमा अभिनेता मनिष राउत, कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी तथा टर्किस एयरलाइन्स कन्ट्री म्यानेजर अब्दुल्ला टन्कर केसिइबाट विभिन्न विषयमा प्रशिक्षण लिए ।

नाट कलेजको आयोजना तथा क्रिजोना मिडिया ग्रुपको व्यवस्थापनमा सुरु भएको प्रतियोगितामा ३० जना एयर होस्टेज तथा एयर होस्टेज हुन चाहनेहरुको सहभागिता रहेको छ । इभेन्ट मेनेजर लभिन अन्सारीले प्रतियोगिताले एयर होस्टेजहरुलाई परिस्कृत गर्नुका साथै एयर होस्टेज हुन खोज्नेहरुको क्षमता अभिवृद्धि गर्न भुमिका खेल्ने बताए ।

प्रतियोगिताका विजेताले एयरहोस्टेज तालिममा शतप्रतिशत छात्रावृत्ति, म्युजिक भिडियोमा खेल्ने अवसरसँगै व्यक्तित्व विकाससँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय इभेन्टहरुमा सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिताको फिनाले एभरेष्ट होटलमा हुनेछ ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ८ : ३६ बजे

किएभमा रूसी हमलामा १२ जनाको मृत्यु

एजेन्सी- युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा रूसले गरेको लामो

‘’नीतिगत निर्णय’ को कानुनी जटिलता नफुकाए मन्त्रिपरिषदका निर्णयमाथि अनुसन्धान गर्न सकिँदैन’

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ’नीतिगत

सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड

काठमाडौं– सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड दिएका छन् । 

जापानमा एक्सप्रेस रेलको ठक्करबाट चार कर्मचारीको मृत्यु

टोकियो- जापानमा एक्सप्रेस रेलको ठक्करबाट रेल सेवाका चार कर्मचारीको मृत्यु भएको

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

राँझा– बहुमूल्य जडीबुटी संकलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका लागि