ओलीलाई रेनुको प्रश्न : सुटुक्क आएर ‘ढुंगापूजा’ गर्दैमा सिटी हल र सडक निर्माण हुन्छ ? « Khabarhub

ओलीलाई रेनुको प्रश्न : सुटुक्क आएर ‘ढुंगापूजा’ गर्दैमा सिटी हल र सडक निर्माण हुन्छ ?


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सिटी हल र ६ लेन पूलचोक-गोन्द्राङ सडक महानगरलाई थाहै नदिई शिलान्यास गरिनु दुःखद भएको बताएकी छिन् ।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले महानगरलाइ थाहै नदिई सिटी हल र ६ लेन पूलचोक गोन्द्राङ सडक शिलान्यास गरिनु दुःखद भएको मेयर दाहालले बताएकी हुन् ।

कुँवर समाज नेपाल चितवन शाखाद्वारा निर्मित राष्ट्रिय विभूति बलभद्र कुँवरको पूर्ण कदको सालिक अनावरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन ।

उनले प्रश्न गरिन, ‘प्रधानमन्त्री ओली एक दिन सुटुक्क आएर ढुंगा पूजा गर्दैमा सिटी हल र ६ लेन सडक निर्माण हुन्छ ?’

उनले भरतपुर महानगरको परिकल्पना र स्वामित्वमा तीन वर्ष लामो गृहकार्यपछि सिटी हल निर्माणको कामले गति लिएको बताए ।

राजनीतिक दाउपेचका आधारमा विकास निर्माणलाई लिनु गलत भएको भन्दै मेयर रेनुले विकास त लामो प्रयास र निरन्तरताले मात्र सम्भव हुने बताइन् ।

शिल्यान्यास कार्यक्रममा दाहाल अनुपस्थित भएपछि ओलीले मेयर दाहाल ‘पिकनिक खान’ गएर कार्यक्रममा सहभागी नभएको भन्दै व्यंग्य गरेका थिए ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ९ : १७ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले