खानेपानी मन्त्री थापाले सम्बोधनमै ‘श्री ५ को सरकार’ भनेपछि… « Khabarhub

खानेपानी मन्त्री थापाले सम्बोधनमै ‘श्री ५ को सरकार’ भनेपछि…


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– खानेपानी मन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता मणि थापाले सम्बोधनका क्रममा ‘श्री ५ को सरकार’ भनेको विषय अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

मन्त्रीले नै श्री ५ को सरकार भनेपछि आलोचकलाई ‘मसला’ समेत बनेको छ ।

सामाजिक सञ्जालमा ‘श्री ५ को सन्देश बोकेर मणि थापा सुर्खेत पुगेको भन्दै’ व्याग्यात्मक रुपमा उनको अभिव्यक्ति भाइरल बनाइएको छ ।

उनले सम्बोधनका क्रममा नेपाल सरकारको सट्टा ‘श्री ५ को सरकार’ भन्दै सम्बोधन गरेका थिए । तत्काल उनले गल्ती सच्याए पनि उनी अहिले ‘आलोचनाका पात्र’ बनेका छन् ।

उनले सम्बोधनको सुरुमा ‘सुर्खेतका जनसमुदायहरूलाई स्वागत गर्दछु’ भने। त्यसपछि थापाले, ‘सबैलाई म सम्मान गर्न चाहन्छु, जो मञ्चमा आसिन हुनुहुन्छ। यहाँ उपस्थित सुर्खेतका जनसमुदायहरूलाई नेकपा स्थायी कमिटी र श्री ५ को सरकारबाट स्वागत गर्न चाहन्छु,’ भनेका थिए ।

 

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  १० : २७ बजे

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्

प्रचण्डलाई झलनाथको चेतावनी– ‘अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी

वाणिज्य विभागद्वारा एक फर्मलाई जरिवाना

काठमाडौं– नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

वीरगञ्ज नाका हुँदै सामान आयात बढ्यो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को ६ महिनामा चार

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा– झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ कुष्ठरोगी