खानेपानी मन्त्री थापाले सम्बोधनमै ‘श्री ५ को सरकार’ भनेपछि… « Khabarhub

खानेपानी मन्त्री थापाले सम्बोधनमै ‘श्री ५ को सरकार’ भनेपछि…


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– खानेपानी मन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता मणि थापाले सम्बोधनका क्रममा ‘श्री ५ को सरकार’ भनेको विषय अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

मन्त्रीले नै श्री ५ को सरकार भनेपछि आलोचकलाई ‘मसला’ समेत बनेको छ ।

सामाजिक सञ्जालमा ‘श्री ५ को सन्देश बोकेर मणि थापा सुर्खेत पुगेको भन्दै’ व्याग्यात्मक रुपमा उनको अभिव्यक्ति भाइरल बनाइएको छ ।

उनले सम्बोधनका क्रममा नेपाल सरकारको सट्टा ‘श्री ५ को सरकार’ भन्दै सम्बोधन गरेका थिए । तत्काल उनले गल्ती सच्याए पनि उनी अहिले ‘आलोचनाका पात्र’ बनेका छन् ।

उनले सम्बोधनको सुरुमा ‘सुर्खेतका जनसमुदायहरूलाई स्वागत गर्दछु’ भने। त्यसपछि थापाले, ‘सबैलाई म सम्मान गर्न चाहन्छु, जो मञ्चमा आसिन हुनुहुन्छ। यहाँ उपस्थित सुर्खेतका जनसमुदायहरूलाई नेकपा स्थायी कमिटी र श्री ५ को सरकारबाट स्वागत गर्न चाहन्छु,’ भनेका थिए ।

 

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  १० : २७ बजे

जीवित आमालाई ढोग, दिवङ्गतलाई तर्पण

काठमाडौँ – नेपाली समाजमा आमालाई जीवनदायिनी, ममता र स्नेहकी प्रतिमूर्ति

आजको मौसम पूर्वानुमान : केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

काठमाडौँ – हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण

ट्रम्पको पहलमा लेबनानमा युद्धविराम : सीमावर्ती क्षेत्रमा भने अझै रकेट प्रहार

जेरुसेलम– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा लेबनानसँग भएको अप्रत्याशित युद्धविरामले

आईपीएल: डी ककको शतक छायामा, मुम्बईलाई ७ विकेटले हराउँदै पञ्जाब शीर्ष स्थानमा

मुम्बई– ओपनर प्रभसिमरन सिंह र कप्तान श्रेयस ऐरको उत्कृष्ट ब्याटिङको

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार० का लागि विदेशी मुद्राको