कार्ल गेलेरुप : जो धर्मशास्त्र पढेर पनि नास्तिक बने « Khabarhub

कार्ल गेलेरुप : जो धर्मशास्त्र पढेर पनि नास्तिक बने


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साहित्यमा कथा, कविता, नाटक, उपन्यासका तीसवटा भन्दा बढी कृति रचेर विश्व प्रसिद्ध बनेका स्रष्टा हुन् कार्ल गेलेरुप ।

यिनले पूर्वीय वाङ्मय तथा बौद्ध र हिन्दु दर्शनको चिन्तनशूत्रलाई समातेर आफ्ना कृतिहरुमा त्यसको प्रभाव घुसाएका छन् ।

उच्च साङ्गीतिक चेतना र काव्यीक अन्र्तदृष्टिबाट साहित्यको रचना गर्ने यी स्रष्टाका विश्व प्रसिद्ध कृतिहरुमा मिन्ना, अन आइडियालजिष्ट, एन द बोर्डर, द स्याक्रिफिसियल फायर द पिल्ग्रीम कामानिता, द वल्र्ड ट्राभलर, द फ्रेन्डस अफ गड, द गोल्डेन बोग आदि आदि पर्दछन् ।

यिनको जन्म सन् १८५७ मा डेनमार्कको जीलल्याण्डमा भएको थियो । यिनका बाबु पादरी थिए । यिनी तीन वर्षको भएपछि पिताको निधन भयो ।

यिनकी आमाले यिनलाई एक नातेदार कवि कहाँ बस्न पठाइन् । यिनकी आमा यिनलाई बाबुको जस्तै पादरी बनान चाहन्थिन् । नभन्दै यिनको शिक्षादिक्षा पनि धर्मशास्त्र विषयबाटै भयो । कोपनहेगन विश्वविद्यालयबाट धर्मशास्त्र विषयमा स्नातक तह पास गरे । तर यिनलाई पादरी बन्ने कुरामा कुनै रुचि थिएन ।

धर्मशास्त्र पढे पनि यिनी विकासवादका प्रणेता चार्ल्स डार्बिनका अनुयायी बनिसकेका थिए । चार्ल्स डार्विनले मानिस लगायत सम्पूर्ण प्राणी र वनस्पतीको उत्पत्ति र विकासको प्रक्रियालाई वैज्ञानिक रुपमा विवेचना गरेर ‘द ओरिजिन अफ स्पीसिज’ नामक ग्रन्थ लेखेका थिए ।

त्यो ग्रन्थको विचारले सुरुमा प्रभावित गर्‍यो । त्यसैले उनी कट्टर नास्तिक भएर देखा परे । त्यसैले सुरुमा नास्तिकतासम्बन्धी उपन्यास लेखे । पछि फेरि बुद्धको दर्शनलाई गहिरो गरी अध्ययन गरे र बुद्ध दर्शन र बुद्ध धर्मप्रति आकर्षित बने ।

आफ्ना दार्शनिक मान्यताहरुको प्रयोग गरेर उपन्यास लेख्दै गए । जब ब्राइनहिल्ड नामको नाटक लेखे । त्यो नाटकले उनलाई चर्चाको शिखरमा पुर्‍याइदियो । यस कृतिबाट उनलाई प्रशस्त सम्पत्ति मिल्नुको साथै ठूलो इज्जत प्रतिष्ठा मिल्यो । त्यसपछिका तीन वर्ष जर्मनीमा लेखेर गुजारे ।

अनि उनको मिन्ना नामको उपन्यास प्रकाशित भयो । यस उपन्यासले पनि उनलाई ठूलो प्रतिष्ठा दिलायो ।

आफ्ना कृतिहरुमा पूँजीवादका विकृति, विसङ्गति र विद्रुपतालाई चित्रण गरेर उनले ठूलो लोकप्रियता कमाए । उनको लेखनको कदर तथा सम्मान गर्दै उनलाई सन् १९१७ को नोबेल पुरस्कार प्रदान गरियो । र यिनको निधन १९१९ मा भयो ।

साभार : महान् व्यक्तिका प्रेरक प्रसङ्गहरुकिताबबाट

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ५ : ४० बजे

बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी

काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै